पोखरा । लोककवि अली मियाँको १६ औं स्मृति दिवसमा वृक्षरोपण तथा लोककवि अली मियाँको योगदान विषयमा परिचर्चा कार्यक्रम भएको छ ।
अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, भानुमार्ग ‘क’ आमा समूह, भानुमार्ग टोल विकास संस्थाले संयुक्तरुपमा सो कार्यक्रम गरेका हुन् ।
पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले लोककविको योगदानका बारेमा चर्चा गर्दै अली मियाँको सालिक निर्माण गर्नुपर्ने र यसका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा ११ भानु प्रतिमास्थलमा वृक्षरोपण गरी शुभारम्भ भएको यस कार्यक्रममा अली मियाँका विषयमा विद्यावारिधि गरेका पृथ्वीनारायण क्याम्पस शिक्षा शास्त्र तर्फका नेपाली विभाग प्रमुख सहप्राडा बाबुराम अधिकारीले लोकसाहित्यमा अली मियाँका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानकी परिषद सदस्य हरिदेवी कोइराला, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, भानु वाङ्मय प्रतिष्ठानका सचिव अम्विकाप्रसाद भट्टराई अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, समाजसेवी निर्मल कर्मचार्य, गण्डकी साहित्य संगमका सचिव भीम रानाभाट, भानुमार्ग ‘क’ आमा समूह अध्यक्ष मीठु गुरुङ, साहित्यकार देवेन्द्र केसी, गायक वीनित जोजिजु, कवि धर्मराज पौडेल, अल्पायु लगायतले लोककविको योगदानका विषयमा चर्चा गरेका थिए । प्रतिष्ठान अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पद्मराज ढकाल र स्वागत हरिदेवी कोइरालाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
प्र्रहरीसँग नेलम्बोको सामाजिक सेवा दिवस
‘गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छ’
विश्वहिन्दु महासंघ पोखरा–११ मा डिल्लीराम
गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०