पोखरा । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित रहेको जनाइएको छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनको विस्तृत दायराको साथ औद्योगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्ड स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ ।’ उनका अनुसार क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ रेड्मी १०ए उपयोगी छ ।
रेड्मी १०एको ठूलो ६.५३ इन्च एचडीप्लस डिस्प्लेले भिडियो तथा मनपर्ने कन्टेन्ट हेर्न सहज छ । अन्य इन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा थ्रिडी कभर्ड ब्याकले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडिको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ । यसमा १३ एपि मेन क्यामेरा र २एमपि देप्थ क्यामेरा सेन्सर छ ।
रेड्मी १०ए मा पावर अपको लागि मेडियाटेक हेलियो जि२५ प्रोेसेसर जडित छ । यसमा लामो समयसम्म चल्ने ५ हजार एमएएच ब्याट्री जडित छ । रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी ३ रंगमा उपलब्ध रहेको छ । यो फोन २जिबी प्लस ३२ जिबी र ३जिबी प्लस ६४ जिबि स्टोेरेज भेरियन्टमा उपलब्ध । जसको मूल्य क्रमशः १३ हजार ९ सय ९९ र १५ हजार ९ सय ९९ रहेको छ ।
Related News
सम्बन्धित समाचार
सेन्साइको दसैंतिहार योजना
पोखरा इन्जिनियरिङ कलेजको शोधकार्य प्रदर्शनीमा विभिन्न डिजाइन
पोखरामा मनाइयो राष्ट्रिय विज्ञान दिवस
कर्णालीमा एनसेलको फोरजी
पामेमा डिमहोमको फाइबरनेट सेवा
hero news full width
मुख्य समाचार
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प
असाेज १६, २०८०विद्युत् नपुगेको छेन्तुङमा गण्डकी सरकारले पुर्यायो सोलार ऊर्जा
असाेज १६, २०८०पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
असाेज १६, २०८०कागबेनीको बाढीग्रस्त क्षेत्रमा मुख्यमन्त्री पाण्डे
असाेज १६, २०८०एमाले गण्डकीको अधिवेशन: ‘गठबन्धनले जनताको भाग्य र भविष्य बिगार्यो’
असाेज १६, २०८०