पोखरा । नवौं राष्ट्रिय खेलकुदका सबै खेल अन्ततः गण्डकीमै हुने भएका छन् । राखेप सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको जनाएका हुन् । प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र काठमाडौंमा केही खेल गराउन सक्ने संकेत उनले गरे ।
काठमाडौंमा बुधबार आयोजित स्पोटर््स डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले प्रतियोगिता व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना रहेको बताए । उनले यस पटक राष्ट्रिय खेलको पहिलो संस्करणदेखि नवौंसम्मका खेलकुदका डाटा सुरक्षित गरिने तयारीसमेत रहेको बताए ।
प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदको लागि खेलाडी छनोटसमेत गरिने बताए । राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ ।
Related News
सम्बन्धित समाचार
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
हेमजा गोल्डकपबाट १० लाख बचत
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९