पोखरा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखरा र सामुदायिक जाल्पा लघुवित्तको आयोजनामा राइनस नगरपालिका ५ तीनपिप्लेमा निशुल्क आँखा शिविर भएको छ । हिमालय अस्पताल पोखराको प्राविधिक सहयोग र लमजुङ सम्पर्क समिति पोखराको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले शिविर उद्घाटन गरिन् ।
शिविरमा लमजुङ जिल्ला राइनास नगरपालिका र मध्यविन्दु नगरपालिका लगायतका स्थानीयको आँखाजाँच गरी स्वास्थ्य परामर्श, आवश्यकताअनुसार औषधी र चश्मा समेत वितरण गरिएको थियो । शिविरमा लगभग १ हजार ५ सय बिरामीहरुलाई सेवा प्रदान गरिएको थियो ।
शिविरमा आँखा जाँच गराएकामध्ये ५६ जनाको मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने देखिएकोमा हिमालय आँखा अस्पतालको सहकार्यमा सामुदयिक सेवा केन्द्र तथा प्रहरी सेवा पृथ्वीचोक र जाल्पा सामुदायिक लघुवित्तले आवश्यक उपचार खर्च समेत व्यवस्थापन गर्ने बताइएको छ ।
कार्यक्रममा शिशु विद्याश्रम माविका प्रधानाध्यापक नानुमाया पराजुली, हिमालय आँखा अस्पताल पोखरा व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री, जाल्पा सामुदायिक लद्युवित्तका नायव प्रमुख कार्यकारी अधिकृत अशोक आचार्य, राइनास नगरपालिका ५ का अध्यक्ष शंखबहादुर सार्की, राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णरज सुयल, राइनास नगरपालिकाका उपप्रमुख पुष्प खनाललगायतले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा पृथ्वीचोक पोखराका अध्यक्ष धर्मदत्त आचार्यको अध्यक्षतामा शिविर सञ्चालन गरिएको थियो । कार्यक्रम संयोजन संस्थाका कोषाध्यक्ष तीर्थ शर्मा ढकालले गरेका थिए भने सञ्चालन संस्थाका सचिव उत्तम जोशीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
लागुऔषधसहित ४ पक्राउ
गल्फ लुब्रिकेन्टको डिलर मिट
hero news full width
मुख्य समाचार
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९