पोखरा । फिल्म ‘एउटा चित्र’ को सोमबार फस्ट लुक र टिजर सार्वजनिक भएको छ ।
चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओम चित्र इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मको टिजर सार्वजनिक गर्दै लेखक तथा निर्देशक विवेक गुरुङले ‘एउटा चित्र’ सस्पेन्स चलचित्र भएको उल्लेख गरे । उनका भने, ‘एउटा चित्र सस्पेन्स मूमि हो । बनिरहेका गुरुङ चलचित्रभन्दा केही फरक बनाएका छौं । पुरानो धारभन्दा फरक पाउनुहुनेछ ।’
४० लाख लगानीमा बनेको चलचित्रमा नवीन गुरुङ, ओम गुरुङ, उर्मिला गुरुङ, अन्जु गुरुङको मुख्य अभिनय छ । यस्तै, सुशन गुरुङ, कुशल गुरुङ, आशीष गुरुङ र एसटी पुन लगायतले समेत अभिनयमा साथ दिएका छन् ।
अभिनेता नवीन गुरुङले आफू एक चित्रकारको भूमिकामा देखिएको बताए । चलचित्रको कथा फरक भएकाले आफू अनुबन्धित भएको भनाइ उनको छ ।
अभिनेत्री उर्मिला गुरुङ चलचित्रमा एक विवाहित महिलाको भूमिका देखिएकी छिन् । यसअघि ५ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी उर्मिला पहिलो पटक विवाहित महिलाको भूमिकामा देखिएकी हुन् ।
चलचित्र पत्रकार संघ कास्की अध्यक्ष अरुण गिरीले गुरुङ चलचित्रको इतिहासमा नयाँ थालनी भएको बताए । उनले गुरुङ चलचित्रलाई प्राविधिक रुपमा समेत माथि उठाउन आवश्यक रहेको बताए ।
चलचित्रको छायांकन तथा सम्पादन निकोलस गुरुङको हो । संगीत मविन्द्र राई, विकास चौधरीले भरेका हुन् । फिल्म पोखरा, बारपाक, माम्चेडाँडा, इलाम ठाउँमा छायांकन भएको हो ।
Related News
सम्बन्धित समाचार
अभिनयमा डेब्यु गर्दै मनाङे
श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
‘बुलाकी’ को प्रदर्शन रोकिने
घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने
मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०