पोखरा । केही दिनयता परेको निरन्तर वर्षाले ठाउँठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । कतै सडक अबरुद्ध हुँदा आवतजावत हुन सकेको छैन भने कतै डुबानले मानिस त्रसित छन् ।
पोखरा १३, कमलपोखरीमा आइतबार राति परेको भारी वर्षाका कारण त्यहाँ जलमग्न भएको थियो । त्यहाँका करिब १ सय ५० घर डुबानमा परेका थिए ।
यस्तै, वर्षाका कारण गएको पहिरोमा कास्कीका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार साँझ ६ बजेदेखि पोखराको बेगनास हुँदै लमजुङको भोर्लेटार जोड्ने पक्की कालोपत्र सडक पूर्णरूपमा अवरुद्ध भएको छ । रुपा गाउँपालिका–१ स्थित गैरीपोखरीमा २५ मिटर जति सडक डेढ फिट तल भासिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार सो सडकमा अहिले पूर्णरूपमा सवारीसाधन सञ्चालन रोकिएको छ ।
अन्नपूर्ण गाउँपालिका–७ वीरेठाटी स्थितमा नयाँपुल–घान्द्रुक–उल्लेरी जाने पक्की बाटो पहिरोका कारण अवरुद्ध भएको छ । वीरेठाटी सामुदायिक वनको पाखाको अन्दाजी २५ मिटर माथिबाट सोमबार साँझ पहिरो आई बाटो बन्द भएको बताइन्छ । पर्यटकीय गन्तव्य घान्द्रुक जाने एकमात्र सडक पहिराले अवरुद्ध भएपछि आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् । सोमबार रातिदेखि पोखरा–२९ घोतघोतेस्थित पृथ्वीराजमार्गमा वर्षाको कारण नहरको पानी ओभरफ्लो हुँदा राजमार्ग केही समय अवरुद्ध भएको छ । पानी सडकमा जाँदा सवारीसाधन फस्ने, दुर्घटना हुने जोखिम भएका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको प्रहरीले जनायो । डिएसपी तिवारीले सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध भएको बाटो खुलाउने पहल भइरहेको बताए । कास्कीमा गत शनिबार रातिदेखि मंगलबार रातिसम्म निरन्तर वर्षा भइरहेको छ ।
यसैबीच, अबरुद्ध बेनी–मालढुंगा सडक पूर्ववतरूपमा सञ्चालनमा आएको छ भने आइतबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक भने अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको ठाउँठाउँमा बाढीपहिराले क्षति पु¥याएपछि आइतबार रातिदेखि नै सडकमा सिधा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक खुलाउन प्रयास गरिएको भए पनि निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसिकएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।
लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिराले सिधा यातायात बन्द भएको छ भने रुप्से झर्ना र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको उनले बताए ।
पैरोथाप्ला जाने झोलुंगे पुलदेखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरो खसेको उनले बताए । बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिममा छ । म्याग्दी–काभे्रभीर सडकको सिमानाको बाँदरजुंगे भीर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा परेको छ । काभ्रेभीरमा सुख्खा पहिरो गए पनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको उनले बताए ।
बेनी–मालढुंगा सडक भने मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको हो । पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुंगा सडकखण्डकको दमुवा खोला नजिकै झरेको पहिरो पनि जेसिबीकै सहयोगमा पन्छाएर सवारीलाई गन्तव्यमा पठाइएको छ ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९