म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
मंगलबार बिहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट खसेको पहिरोले घर परिँदा अन्दाजी ३७ वर्षीय घामबहादुर बिकका १७ वर्षीया जेठो छोरा नविन बवक र १४ वर्षीय कान्छा छोरा राजन बिकको मृत्यु भएको छ भने । घामबहादुर सहित ३२ वर्षीय श्रीमती रामु बिक र ८ वर्षीय छोरी रोजी बिक बेपत्ता भएको वडा सदस्य भक्तिप्रसाद पुनले जानकारी दिए ।
उनका अनुसार,सोही पहिरोले गोठे बिकको दुई घर पुरिएको हो । पहिरोले घर पुरिँदा गोठे बिक र उनकी श्रीमती गोरी बिक घाइते भएका छन् । अहिलेसम्म मृतक घामबहादुरका जेठा छोरा नबिन र कान्छा छोरा राजनको शव निकालिएको छ । भने तीन जना अझै बेपत्ता छन् । स्थानीय युवाहरु तिलक पुन ,यामबहादुर बिक लगायतको टोली घटना स्थलमा उद्धारमा खटिएका छन् ।
यसैगरी पहिरोमा घामबहादुरका दुई खच्चर समेत परिएका छन् । पहिरो झर्ने क्रम अहिले पनि रोकिएको छैन् । घाइते गोठे र गोरी बिकलाई उद्धार गरी उपचारको लागि रुम स्वास्थ्य चौकीमा लगिएको छ । सोमबारदेखि परेको अविरल बर्षातका कारण म्याग्दी सदरमुकाम बेनी देखी दरबाङ र मुस्ताङ जोड्ने सिधा यातायात सेवा अवरुद्ध भएका छन् ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
hero news full width
मुख्य समाचार
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
श्रावण २२, २०७९पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९