भूमिराजको ‘देखेपछि तिमीलाई’

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७९
bhumiraj songs

पोखरा । गायक तथा मोडल भूमिराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडियो ‘देखेपछि तिमीलाई’ को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गायक ढुंगाना र शिक्षक एवं समाजसेवी पूर्णबहादुर गुरुङले विमोचन गरे ।

गीतमा स्वर भूमिराज ढुंगानाको रहेको छ भने किरण देवकोटाको लय तथा शब्द, विशाल परियारले संगीत संयोजन गरेका छन् । भिडियोमा गायक भूमिराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय छ । भिडियोको छायाँकंन भीम तिमिल्सिनाले गरेका हुन् । कलर, ड्रोन, सम्पादन, रेकर्डिङ, मास्टर, मिक्सिङ अनिल शाही ठकुरीले गरेका हुन् । म्युजिक भिडियोको निर्देशक र कथा लेखन युवराज गुरुङले गरेका छन्

Related News

सम्बन्धित समाचार

hero news full width