माइक्रो दुर्घटनामा १८ घाइते

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७९
accident

पोखरा । मुक्तिनाथ विकास बैंकका कर्मचारी चढेको माइक्रो दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सोमबार दिउँसो चितवन–नारायणगढ मुग्लिन सडकको भरतपुर २९, भोर्लेमा बा ३ ख ८५८८ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो । बस सडकबाट ३० मिटर तल खसेको छ । माइक्रो झ्याङमा अड्किंदा नजिकैको त्रिशूली नदीमा खस्नबाट जोगिएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार सोमबार दिउँसो ४ बजेतिर भएको सो दुर्घटनामा १८ जना घाइतेमध्ये १ जना गम्भीर छन् । घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा टीकाराम श्रेष्ठ, प्रमिला भट्ट, सरोज खतिवडा, दीपा रेग्मी, सुजन आचार्य, सावित्री सापकोटा, स्वस्तिका आचार्य, मनोज भण्डारी, प्रकाश अधिकारी, सनिशा अधिकारी, रोजिना श्रेष्ठ छन् ।

यस्तै, नुवाकोटका जीवन कुमार, उपेन्द्र भण्डारी, सुवास नेपाल, मकवानपुरका सरोज मोक्तान, ललितपुरका विकास संजेल, दोलखाका धर्मबहादुर खड्का र चितवनकी अन्जेल कुमाल हुन् ।

माइक्रोको अगाडिको टायर खुस्किएर दुर्घटनामा परेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • विमान दुर्घटना जाँच आयोगको म्याद थपियो   

    आदर्श समाज सम्वाददाता चैत्र १, २०७९
    काठमाडौं ।  सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय…
  • पोखरामा चितुवाको आक्रमणबाट २ घाइते

    आदर्श समाज सम्वाददाता चैत्र १, २०७९
    पोखरा ।  पोखरा-१८ भकुण्डे स्थित ध्रुव थापा लगायत ७ जना व्यक्तिले सञ्चालन गर्दै आएको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाले आक्रमण गर्दा २…
  • ट्रक दुर्घटनामा २ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता फागुन ३०, २०७९
    पोखरा । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सदरमुकामस्थित बिसौनी मोडबाट प्रदेश ३–०१–००३…
  • सिन्धुलीमा बस दुर्घटना, ५ को मृत्यु, २४ घाइते

    आदर्श समाज सम्वाददाता फागुन २८, २०७९
    पोखरा । ओखलढुंगाबाट काठमाडौंका लागि हिँडेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका…
  • फेवातालमा डुंगा पल्टिदा १ घाइते, ५ सामान्य

    आदर्श समाज सम्वाददाता फागुन २०, २०७९
    पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिएको छ । ६ जना सवार डुंगा शनिबार दिउँसो ४: १० बजे पल्टिदा एक जना…

hero news full width