५९ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७९
Blod donations

पोखरा । इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हादचन्द्र घिमिरेले बताए । नियमित रक्तदान गर्दै आएका कमलराज पन्तले उक्त अवसरमा ५१ औं पटक रक्तदान गरे ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजले रक्तदान कार्यक्रम गरी मानवीय सेवामा उत्कृष्ट योगदान पु¥याएको बताए । को काममा उल्लेखनिय काम गरेको बताउनुभयो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा गण्डकी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिक डा.नीरञ्जन कोइरालाले रक्तदानको महत्वको बारेमा प्रकाश पारे ।

समाजका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निर्मल सोती र धन्यवाद समाजका प्रथम उपाध्यक्ष प्रकाशचन्द्र घिमिरेले ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width