नवलपुरमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका एक जनाको उद्दार

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७९
Death

Representative Image

नवलपुर । पूर्वी नवलपरासीमा डुबेर दुई जना बालबालिकाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १४ हेगौलीमा २ बर्षीया बालिकाको माछा पोखरीमा डुबेर निधन भएको छ ।

कावासोती – १४ हेगौली बस्ने पुरण चौधरीकी २ वर्षीया छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडी आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबी निधन भएको हो ।

डुबिरहेको अवस्थामा बालिकाको आफन्तले देखि उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्वी नवलपरासीको कावासोती ४ झलुङ्गे पुल नजिकै पोखरीमा पौडी खेल्ने क्रममा डबुरे एक जना बालकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका १० गणेश टोल बस्ने माया सिंजालीको ६ वर्षीय छोरा ऋतिक सिंजाली पौडी खेल्ने क्रममा अचानक डुबेर निधन भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको प्रहरीले स्थानीयको सहयोगमा खोजतलास गरी फेला पारी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पता पठाइएकोमा उनको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

त्यस्तै नवलपुरको गैडाकोट नगरपालिका १ ब्रिटिश क्याम्प नजिक नारायणी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका युवकको प्रहरीले उद्दार गरेको छ ।

चितवन भरतपुर महानगरपालिका वडा नं. १० बस्ने बर्ष २४ को सुजन थापा पौडी खेल्ने क्रममा नारायणी नदिले बगाई लगेको र उनको इलाका प्रहरी कार्यालय गैडाकोट र स्थानीयको सहयोगमा उद्दार गरिएको प्रहरीले जनाएको छ ।

उनको चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • खर्कमा पर्यटक चहलपहल

    धनबहादुर गुरुङ चैत्र १४, २०७९
    पोखरा । भैँसी र भेडा चर्ने खुमैडाँडाको खर्कमा पर्यटक चहलपहल देख्दा मिर्सा गाउँका सूर्यबहादुर गुरुङ निकै खुसी छन् । भैँसी…
  • कार्यकारी अधिकार खोज्दै समन्वय समिति

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । केही समयअघि देशैभरका जिसस प्रमुख र उपप्रमुख भेला भएर पोखराबाट एकै स्वरमा भने, ‘यही हालतबाट जिसस चलाउनुभन्दा खारेज…
  • बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    स्याङ्जा । बुटवल पावर कम्पनी (बिपिसी) द्वारा स्याङ्जामा उत्पादित एवं वितरित विद्युत् महसुलमा दोब्बर वृद्धि गरेको सूचना सार्वजनिक भएपछि स्याङ्जाका…
  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…
  • फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । फेवाताल किनारको सिमसार क्षेत्र पुरेर घडेरी बनाउन अहिले दिनहुँजसो डोजर चलेका छन् । फिर्के खोलाका किनारमा मापदण्ड मिचेर…

hero news full width