युआरएलद्वारा ट्राफिकको मधुमेह जाँच

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७९
url

पोखरा । युआरएल स्याङ्जाले बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत ट्राफिक प्रहरीको सित्तैमा मधुमेह जाँच गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख मीनबहादुर क्षेत्रीसहित त्यहाँ कार्यरत सबै ट्राफिकको मधुमेह जाँच गरिएको युआरएल स्याङ्जाका ल्याब इन्चार्ज भूपेन्द्र रेग्मीले जानकारी दिए ।

युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक, चाउथे र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे । युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने…
  • रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना…
  • अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले सेवाग्राहीको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर पोखरा…
  • लागुऔषधसहित ४ पक्राउ

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कास्की तथा मातहतका कार्यालयबाट खटेको प्रहरी…
  • गल्फ लुब्रिकेन्टको डिलर मिट

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लि.ले हालै आफ्नो डिलर मिट सम्पन्न गरेको छ । २…

hero news full width