पोखरा, १४ साउन । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता–२०७८ मा आयोजकले साढे १२ लाख रुपैयाँ घाटा व्यहोरेको जनाएको छ । कोरोना महामारी बाबजुद आयोजक सहारा क्लब पोखराले दर्शकबिनै सेमिफाइनलसम्म खेल खेलाएको थियो ।
शनिबार आयव्यय सार्वजनिक गर्दै प्रतियोगितामा १२ लाख ६२ हजार रुपैयाँ नोक्सानी भएको अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जानकारी दिए । यद्यपि, साढे १२ लाख घाटा भएकोमा क्लबका विदेशमा रहेका शाखा संस्थाहरु सहारा क्लब हङकङले ५ लाख, युकेले ३ लाख र अष्टे«लियाले १ लाख सहयोग गरेका थिए । जसबाट नोक्सानीको केही क्षतिपूर्ति हुँदा घाटा रकम ३ लाखमा झरेको गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसरी पोखरा रंगशालामा गत वर्ष माघ ६ देखि १५ सम्म भएको प्रतियोगितामा कुल ६६ लाख ४१ हजार आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ खर्च हुन गएको छ । १० टिमले भाग लिएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपिएफले जित्दा मनाङ मस्र्याङ्दी उपविजेतामा सीमित भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
फुटबलमार्फत सामाजिक कार्यमा क्रियाशील क्लबले यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने क्लब अध्यक्ष हरिराम गुरुङले बताए । क्लबले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी अति विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय सुविधासहित फुटबल सिकाउँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
hero news full width
मुख्य समाचार
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
श्रावण २२, २०७९पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९