पोखरा । क्षत्री समाज नेपालले नागरिकतासम्बन्धी विधेयक फिर्ताको माग गरेको छ । राष्ट्रिय महत्वको नागरिकतासम्बन्धी विषयलाई समेत बेवास्ता गर्दै संसदमा पास भएको सो विधेयक सरकारले फिर्ता नगरे आन्दोलनको ‘आँधीबेहरी’ आउने उसको चेतावनी छ ।
पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले राष्ट्रिय स्वाधीनता तथा अखण्डतामाथि नै आँच आउने गरी ल्याइएको सो विधेयकबट विदेशीलाई नेपाली नागरिकता लिन सहज हुने गरी व्यवस्था गरिएबाट मुलुक फिजीकरणतर्फ उन्मुख हुन सक्ने आशंका गरे । उनले विदेशी महिलासँग वैवाहित सम्बन्ध कायम हुनासाथ नागरिकता दिन सकिने गरी पारित विधेयकबाट आमस्वाभिमानी, राष्ट्रप्रेमी नेपालीलाई अत्यन्तै संवेदशीनशील बनाएको बताए । उनले भने, ‘हामीहरुले विगतमा आन्दोलनमार्फत प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्यायौं । मुलुक आदेशको भरमा चल्नु हुँदैन । पार्टीको मुख हेरेर बस्ने हो मुलुक अब फिजिकरण हुने अवस्था छ । यसतर्फ सबै सरोकारवाला सचेत हुनु जरुरी छ ।’
प्रतिनिधिसभामा बहुमतद्वारा पारित गरी राष्ट्रिय सभामा समेत छलफलका लागि प्रस्तुत गरिएकोमा राष्ट्रिय सभाले समेत बहुमत आधारमा यसै साता नागरिकतासम्बन्धी विधेयक पारित गरिसकेको छ ।
पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले भने, ‘क्षत्री समाजले आन्दोलन गरेरमात्र हुँदैन । राष्ट्रिय महत्वको विषयमा सबैले आन्दोलन गर्नुपर्छ । विधेयक फिर्ता नगर्दासम्म नेताको कुर्सी हल्लिने गरी आन्दोलन हुन्छ । राष्ट्रघातीलाई ठेगान लगाउँछौं ।’ तर समाजले आगामी दिनमा के कस्तो आन्दोलन गर्ने भन्ने यकिन गरेको छैन । यही साउन १७ मा फिर्ताको माग गर्दै देशभरका सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाइने प्राडा क्षत्रीले जानकारी दिए ।
नेपालको संविधान (२०७२) भाग २ उपधारा ३ अनुसार ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानको बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज वालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भन्ने व्यवस्थाभित्र पर्ने बाहेकका अन्य व्यक्तिहरुलाई नागरिकता दिन सहजरुपमा कानुन बनाउनु राष्ट्रिय अस्मितामाथि नै चोट लाग्ने समाजको ठहर छ ।
कार्यक्रममा समाजका महासचिव केशबहादुर केसी र समाजका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख कृष्णबहादुर थापा लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
गल्फ लुब्रिकेन्टको डिलर मिट
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
प्रेस युनियन पदाधिकारीको सम्मान
ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९