गाउँपालिका र एक्यापबीच विवाद

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७९
hemja annapurna

हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) बीच प्राकृतिक स्रोत उपभोगमा विवाद उत्पन्न भएको छ ।

गाउँपालिकाले संरक्षण क्षेत्रभित्रको प्राकृतिक स्रोतसाधनमा पालिकाको हकदाबी रहने भनेको छ भने आयोजनाले संघीय कानुनअनुसार उक्त स्रोतसाधन आफू मातहत भएको दाबी गरेको छ ।

विवाद बढ्दै जाँदा पालिकाले संरक्षण क्षेत्रभित्र पर्ने मोदी खोलामा खोला जन्य सामग्री उत्खनन्मा रोक लगाइएको छ । ती सामग्रीमा (विशेष गरी बालुवा) एक्यापले आफूखुसी मनोमानी गरेको भन्दै खोलाको साविक दाङसिङ गाविस अन्तर्गतको स्याउली बजारबाट बालुवा निकाल्ने कार्यमा रोक लगाउनुपरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।

अध्यक्ष केसीले आफ्नो पालिकाभित्र एक्यापले दादागिरी मच्चाएको भन्दै त्यसलाई नसहने पनि उल्लेख गरे । २ वर्षसम्म नवीकरण नभएको एक्याप कसरी वैध संस्था हो ? भन्दै उनले एक्याप सदाका लागि खारेज हुनुपर्ने बताए ।

‘हामी एक्याप खारेजीको पक्षमा छौं, जसको हिसाबकिताब आजसम्म पनि पारदर्शी छैन, नवीकरण नभएको संस्थाले प्राकृतिक स्रोतसाधनमा रजाइँ त के, छुन पनि पाउँदैन, यदि अझै अटेरी गरे एक्यापलाई मुद्दा हाल्छौं,’ अध्यक्ष केसीले भने ।

उनले थपे,‘त्यसमाथि एक्यापले गाउँपालिकालाई अवहेलना गरेको छ । अब पालिकाले बालुवा बेचेर अवैध संस्थालाई खान दिँदैन ।’ वडामार्फत् पालिकाको आम्दानीमा बाँढ्ने उनले स्पष्ट पारे । केसीले एक्यापसँग वार्तामा बस्न पालिका तयार रहे पनि अधिकार बाँडफाँडको विषय भने मिलाउनुपर्ने उल्लेख गरे ।

यता एक्यापले भने आयोजना क्षेत्रभित्र संघीय कानुन लागु हुने भएकाले सो क्षेत्रभित्रको प्राकृतिक स्रोतसाधन उपयोगको अधिकार आयोजनासँग मात्रै रहेको दाबी गरेको छ ।

एक्यापले टेन्डर आयोजना गरी घाट नखोलेको र स्थानीयको आवश्यकता पूरा गर्ने हिसाबले उपसमितिमार्फत् केही सामग्रीको परिचालन मात्रै गरेको आयोजना अन्तर्गत वीरेठाँटी चेकपोस्ट प्रमुख यम गुरुङले बताए ।

‘म यहाँ २०४४ सालदेखि कार्यरत छु । हामीले आयोजनाको महत्वबारे आम रुपमा बुझाउन सकेनांै कि जस्तो आजकल लाग्दै छ । उक्त घाट उपयोग गरेबापत्को पैसा सम्बन्धित उपसमितिमार्फत स्थानीय स्तरमै खर्च हुने कुरा हो । हालसम्म पनि त्यसै गरिएको छ,’ उनले भने । आम्दानीको १३ प्रतिशत रकम पनि नेपाल सरकारलाई बुझाउँदै आइएको छ । ‘मानिसहरुले सम्बन्धित कुरा नबुझीकन एकोहोरो एक्यापले ज्यादती ग¥यो मात्रै भनेका छन्, त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने ।

घाटबाट निकालिएको सामग्री संरक्षण क्षेत्र बाहिर लान पनि पाइँदैन, लानै पर्ने होे भने इआइ गर्नुपर्ने उनले सुनाए ।

उनले कतिपय स्थानीय तह र आयोजनाबीच समन्वयको खाँचो रहेको आंैल्याए । कतिपय अवस्थामा कानुन बाझिएको महसुस उनले गर्दै आएका छन् ।

यता आयोजनाका पोखरा प्रमुख राजकुमार गुरुङले सो पालिकाको यथार्य कुरा बुझी समस्या समाधान गर्न पहल गर्ने जनाए । त्यहाँबाट कार्यालय समक्ष प्राकृतिक स्रोत उपयोगबारे हालसम्म केही गुनासो वा निवेदन नआएको उनले जानकारी दिए ।

यसैबीच गाउँपालिका अध्यक्ष केसी नेतृत्वमा उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङ, शिक्षा अधिकृत बलराम भुगार्इं, वडा नं. ८ का अध्यक्ष विजय गुरुङसहित आयोजना वीरेठाँटी चेक पोस्ट प्रमुख यम गुरुङसहित प्रहरी र पत्रकार सम्मिलित टोलीले बिहीवार उत्खनन् भइरहेको मोदीखोलास्थित स्याउलीबजार घाटको अवलोकन गरेको छ ।

अवलोकनपछि शुक्रबार सो घाटबाट हाललाई बालुवा संकलन गरी सुरक्षित राख्ने तर एक्याप र गाउँपालिकाबीच सहमतिपछि मात्रै बिक्री वितरण गर्ने समझदारी भएको अन्नपूर्ण ८ का वडाध्यक्ष विजय गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width