मंसिर ४ गते निर्वाचन हुन्छ : कांग्रेस प्रवक्ता  महत

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७९
1477400944prakash-sharan-mahat-final-final

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ गते निर्वाचन हुने बताएका छन्। नेपाल प्रेस युनियनको नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा प्रवक्ता महतले यस्तो बताएका हुन्।

उनले केही दिनमा नै निर्वाचन घोषणा हुने बताएका छन्।  मंसिर ४ गते चुनाव हुन्छ। केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ, प्रवक्ता महतले भने।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पनि मंसिर ४ मा चुनाव हुने बताइसकेका छन्। तर एमालेले भने निर्वाचन सार्ने खेल भइरहेको आरोप लगाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width