पाेखरा । प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वद्र्धनका साथै हरित, उत्थानशिल तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्ने गरि सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।
सम्मेलनमा देशका ६ ठुला स्थानिय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता छ । सम्मेलनमा पोखरा लगायत काडमाण्डौ, ललितपुर, भरतपुर, विरगंज र विराटनगर महानगरपालिकाको प्रतिनिधित्व छ ।
सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एंव क्षेत्रिय योजनाकार डा.जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शिर्षकमा मुख्य प्रस्तुती राखेका छन् । यस्तै महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीहरु बारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।
सम्मेलनमा उपप्रमुखहरुले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरु सम्बन्धमा अनुभव तथा सिकाई आदानप्रदान गर्नुहुनेछ । यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरु बारे आफ्नो अनुभव राख्नेछन्। सम्मेलनको पहिलो दिन नै महानगरपालिकाका साझा सवालहरुबारे संश्लेषणको कार्यक्रम पनि छ ।
सम्मेलनको दोस्रो दिन शनिबार भने पुर्वाधार विज्ञ डा.सुर्यराज आचार्यद्धारा महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्धारा महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।
सम्मेलन पोखरा घोषणा पत्र जारीसंगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई मेट्रो मिट नेपाल अंकित झण्डा हस्तान्तरण गरि समापन हुनेछ । आगामी मेयर सम्मेलन ललितपुरमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
गण्डकीमा बिमाको पहुँच निकै कम
hero news full width
मुख्य समाचार
पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०