पोखरा । नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेशवासीको माग छ ।
प्रतियोगिताका लागि गठित खेलस्थल व्यवस्थापन उपसमितिको मंगलबार पोखरामामा आायजित छलफलका सहभागीले सो माग गरेका हुन् । उनीहरुले प्रतियोगितामा संचालन हुने ३६ वटै खेल गण्डकीमै हुनुपर्ने माग गरेको उपसमिति सचिव कृष्णप्रसाद तिमिल्सिनाले बताए ।
उनका अनुसार सुटिङ, स्वीमिङ लगायत खेलको लागि प्रदेशभित्रै उपयुक्त स्थानको खोजी गर्नुपर्नेमा सहभागीको जोड छ ।
राखेपका पूर्व सदस्य खड्गबहादुर रानाभाटले उक्त प्रतियोगिता प्रदेशवासीको इज्जत र प्रतिष्ठासँग जोडिएकोले कुनै पनि खेलको लागि अनुकूल वातावरण बनाउनु पर्नेमा जोड दिए । पोखरा रंगशाला जग्गा प्लटिङ भएसरी मनपरी भौतिक संरचना भएको उनको गुनासो थियो ।
उपसमिति संयोजक राजेशकुमार गुरुङले छलफलमा उठेका विषयहरु र प्रदेशका विभिन्न ठाउँमा खेल मैदानहरुको अध्ययन अवलोकन गरेको आधारमा साउन १५ गते हुने राखेपको बोर्ड बैठकमा राख्ने बताए ।
सरकारले आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तिथि तोकेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९