पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले आन्तरिक तयारी सुरु गरेको छ । परिषदको सोमबारको पूर्ण बैठकले प्रदेशमा सञ्चालन हुने विभिन्न प्रतियोगिता सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो ।
बैठकले खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातायात व्यवस्थापन उपसमिति संयोजकमा तारामाया थापा, सुरुक्षा उपसमिति संयोजकमा ऋषिराम गौतम, प्रचारप्रसारमा केशव पाठक, खेल सामग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिलबहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।
यस्तै, अनुसन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णुमाया गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा वसन्तराज दवाडी र सदस्यमा आकृति भण्डारीलाई जिम्मेवारी दिएको छ ।
परिषद् उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले खेल सञ्चालन कार्यविधि २०७९ छलफल पछि स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय समेत गरेको छ ।
सरकारले आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकीमा प्रतियोगिता संचालन गर्दै छ । टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब ७ करोड खर्च रकम स्वीकृतिका मन्त्रालय पठाउने निर्णय समेत गरेको प्रदेश खेलकुदका सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
हेमजा गोल्डकपबाट १० लाख बचत
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९