पोखरा । सुन व्यवसायमा आवद्ध ३ दाजुभाइ दुर्गा, गणेश र शिव सुनारले अमरसिंहचोकमा माछापुच्छ्रे मिनी मार्ट संचालनमा ल्याएका छन् । करिब १ करोड लागतमा संचालित मार्टमा घरायसी कामकाज लगायत खाद्यान्नका सबै सामान सुपथ मूल्यमा पाइने संचालक गणेश सुनारले बताए ।
मार्टको उद्घाटन गर्दै पोखरा १२ का वडा अध्यक्षले सन्तोष बास्तोलाले प्रतिकूल समयमा पनि युवाले आफ्नो व्यवसाय फराकिलो बनाउन मिनी मार्ट संचालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै सफलताको कामना गरे । पोखरा छिर्नेबितिकैको पहिलो चोक अमरसिंहचोक भएकाले यसलाई थप सुन्दर र व्यावसायिक बनाउन आफू सधैं प्रतिबद्ध रहेको वडाध्यक्ष बास्तोलाले बताए ।
अमरसिंह माविको जग्गामा संचालित मिनी मार्टले व्यापार मात्र नभएर गुणस्तरीय सेवा दिनेमा आफू विशस्त रहेको अमरसिंह व्यापार व्यवसायी समितिका सचिव श्रीधर रानाभाटले बताए । उनले सुनबाट सुरु भएको व्यावसायिक यात्रा जनताको दैनिक आवश्यकतासँग जोडिएको नुन लगायतका खाद्यान्नका सामान हुँदै विस्तारै पोशाक तथा कपडातर्फ पनि उन्मुखहोस् भनी शुभकामना दिए ।
समाजसेवी डिबी भुजेलले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभयो । नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष भविन्द्र विश्वकर्माले महँगी र बैंकको चर्को व्याजले हरेक व्यवसाय मारमा परेको बताउँदै व्यवसायी हकहितमा आवाज उढाउन आवश्यक रहेको बताए ।
अर्का सञ्चालक शिव सुनारले नाफामुखीभन्दा पनि सेवामुखी भावले व्यवसायमा हात हालेको बताए । उनले अमरसिंह माविका जेहेनदार छात्रछात्रा गरेर २ जनालाई वार्षिकरुपमा छात्रवृत्ति उपलब्ध गराउने बताए । मार्ट शुभारम्भको अवसरमा ८ देखि १० प्रतिशत छुटको व्यवस्था दिइएको छ । कार्यक्रम संचालन अर्का संचालक दुर्गा सुनारले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९