स्पोर्टस् अवार्डको समीक्षा

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७९
sports award

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत असार १८ मा आयोजना गरेको छैटौं पोखरा स्पोर्टस् अवार्डको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मञ्चको शुक्रबार पर्यटकीयस्थल धम्पुसमा भएको समीक्षामा सहभागीले स्पोर्टस् अवार्ड गण्डकीकै ब्रान्ड बनिसकेको अझ व्यवस्थित बनाउँदै जानुपर्ने सुझाव दिए ।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिए पनि अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताए । आगामी दिनका अवार्डलाई भव्य बनाउन मञ्चमा आवद्ध सम्पूर्ण सदस्यबीच एकताको भावना हुनुपर्ने सुझाव दिए ।

मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले अवार्ड सम्पन्न गर्न सुरुआतमा गह्रो भए पनि अब भने सजिलो हुँदै गएको दाबी गरे । मञ्चले गर्ने कार्यक्रम प्रदेशका सबै पालिकामा पु¥याउन सके आर्थिकरुपमा मञ्चलाई सजिलो हुने उनको भनाइ थियो ।

मञ्चका सल्लाहकार रञ्जन अधिकारीले अवार्ड कार्यक्रम थप आकर्षक बनाउन पर्याप्त तयारी हुनुपर्ने बताए । काम गर्नेक्रममा जस र अपजस दुवै हुने भन्दै सबै मिलेर काम गरेको खण्डमा कार्यक्रमको आकर्षक बढ्ने भनाइ राखे ।

खेलाडी छनोट समिति सहसंयोजक तथा अवार्डका संस्थापक सन्देश श्रेष्ठले छोटो समयमा पनि उत्कृष्ट कार्यक्रमसहित अवार्ड सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे । बजेटको सुनिश्चितता नहुँदा समस्या भए पनि आगामी वर्ष सहज हुने उनको विश्वास थियो ।

नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले विट पत्रकारितामा खेलकुद पत्रकार मञ्च गण्डकी गौरव गर्नलायक संस्था भएको बताए । मञ्चले गरेका राम्रो कामको सिको अरु संस्थाले पनि गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्की सचिव माधव बरालले उद्देश्य अनुसार नै अवार्ड कार्यक्रम अगाडि बढिरहेको बताए । कार्यक्रम गर्दा केही कमीकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सुर्धादै जानुपर्ने बताए ।

मञ्च अध्यक्ष दीननाथ बरालले बजेटको सुनिश्चितता नहुँदानहुँदै पनि कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भएको बताए । तर आगामी वर्ष बजेट सुनिश्चित भइसकेकोले अवार्ड समारोह गर्न सहज हुने विश्वास गरे । समीक्षा प्राप्त सुझाव अनुशरण गर्दै आगामी कार्यक्रमलाई थप परिमार्जित परिस्कृत गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए । २०७२ सालदेखि संचालित पोखरा स्पोर्टस् अवार्डमा यसपालि ७ विधामा पुरस्कृत गरिएको मञ्चका कार्यसमिति सदस्य नारायण शाहीले जनाए । कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेल, पत्रकार महासंघ कास्की कोषाध्यक्ष कृष्ण दवाडी, मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशि पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, सदस्य नारायण शाही, दीपकराज मुल्मी, राजु गिरी, पत्रकार दीपक परियार, गणेश बराल, रोशन अधिकारी, गौरव त्रिपाठी, रोहितराज पराजुली, दीपक गोदार लगायतले सुझाव दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…

hero news full width