हाडजोर्नी तथा नशा रोगसम्बन्धी शिविर

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७९
Omkareshwor Mandir Health Camp News

लेखनाथ । ओमकारेश्वर शिव मन्दिर संरक्षण समिति पोखरा ३० को आयोजनामा शनिबार हाड जोर्नी तथा नशा रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बारबरा हेल्पिङ ह्यान्ड स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १ सय ९५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

कार्यक्रम पोखरा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले उद्घाटन गरे । उनले राज्यले दिने सरहका सेवा सुविधा क्लिनिकले प्रदान गरेकोमा आभार व्यक्त गर्दै वडावासीहरु स्वस्थ रहून् भन्ने आफ्नो चाहना रहेको बताए ।

बारबरा हेल्पिीङ ह्यान्ड स्वास्थ्य क्लिनिकका सञ्चालक एवं हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. रविमोहन ढकालले ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ अभियान अन्तर्गत दोस्रो कार्यक्रम भएकोे र पोखराका ३३ वटै वडामा कार्यक्रम सञ्चालन गर्ने योजना सुनाए ।

ढकालले शिविरमा स्वास्थ्य परीक्षण गराएका सबैलाई १ महिनासम्म निशुल्क सेवा दिने र असहाय एवं विपन्न परिवारलाई सम्बन्धित वडाको सिफारिसमा र ज्येष्ठ नागरिकलाई निशुल्क सेवा प्रदान गर्ने घोषणासमेत गरे ।

उनले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुने बताउँदै मानिसको आहारबिहार र जीवनशैलीले नै ६० प्रतिशत रोगहरु लाग्न कम हुने बताउँदै खानपान र व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा ३० का निवर्तमान अध्यक्ष श्रीराम पोख्रेल, बेगनासताल धार्मिक पर्यटन क्षेत्र विकास समितिका उपाध्यक्ष मित्रलाल भण्डारीले मन्दिरको आयोजनामा गरिएको स्वास्थ्य शिविर अनुकरणीय काम भएको बताए ।

संस्थाका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव केशव तिवारीले गरेका थिए । संस्थाका उपाध्यक्ष लीलामणि त्रिपाठीले धन्यवाद ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन र यसका प्रावधानका बारेमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा काम…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • जिल्ला अस्पतालमा ओपिडी १२ घण्टा

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा बहिरंग सेवा (ओपिडी) १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि ओपिडी ८ घण्टा सञ्चालन…

hero news full width