खेलकुद पत्रकार मञ्चलाई मिडिया सेन्टर जिम्मेवारी

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७९
media center news 6 sawan

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई पोखरा रंगशालास्थित मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको जिम्मा दिइएको छ ।

शुक्रबार मिडिया सेन्टर व्यवस्थापन समिति अध्यक्ष केशव पाठकले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मण योगीको रोहवरमा मञ्च अध्यक्ष दीननाथ बराललाई मिडिया सेन्टरको चाबी हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मञ्च अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्प्युटर, ल्यापटप सहितका जिन्सी सामग्री संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सेन्टर प्राप्तिमा सहयोग पु¥याउने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङसहित खेलकुदकर्मी तथा मञ्चका पूर्व अध्यक्ष एवं सेन्टर व्यवस्थापन समिति अध्यक्ष पाठकप्रति आभार व्यक्त गरे ।

मिडिया सेन्टरमा ११ थान डेल ब्रान्डका कम्प्युटर, २ थान ल्यापटप, कम्प्युटर टेवल १२ थान, कार्यालय टेबल २ थान, एक एक थान स्टिल दराज, साउन्ड सिस्टम, प्रिन्टर, टिभी, प्रोजेक्टर रहेको मञ्च सचिव शशिकुमार पौडेलले जनाए ।

Related News

सम्बन्धित समाचार

  • लोकतान्त्रिक खेलकुदको बधाई

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की जिल्ला शाखाले संघमा जनप्रतिनिधि तथा विभिन्न संघ संस्थामा निर्वाचित सदस्यलाई सम्मान तथा बधाई…
  • ‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने…
  • प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता श्रावण २३, २०७९
    पोखरा, २३ साउन । प्रदेश खेलकुद परिषद् गण्डकीको नवनिर्वाचित प्रशासनिक भवन सोमबार उद्घाटन गरिएको छ । प्रदेशका युवा तथा खेलकुद मन्त्री…
  • नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ

    विजय नेपाल श्रावण २३, २०७९
    पोखरा, २३ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा…
  • हेमजा गोल्डकपबाट १० लाख बचत

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०७९
    हेमजा । छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकपमा १० लाख बचत भएको छ । आयोजक हेमजा युनाइटेडले शुक्रबार सार्वजनिक सुनुवाइ…

hero news full width