मुक्तिनाथलाई कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७९
muktinath 1

पोखरा । मुक्तिनाथ विकास बैंक कर्पोरेट म्यागजिनद्वारा आयोजित “कर्पोरेट बिजनेस एक्सीलेन्सी अवार्ड २०२२” बाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजित समारोहमा सो बैंक उत्कृष्ट विकास बैंकको वर्गमा पुरस्कृत भएको छ । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरे । साथै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीलाई अझै राम्रो सेवा प्रदान गर्ने ऊर्जा मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।

डिजिटल कारोबार प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ लगायत सेवाहरु संचालन गरेको छ । साथै बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था समेत गरेको प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।

यसैबीच, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको खुदी, ढुंगेपाटनस्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई ५ हजार लिटरको पोलिथिक टंकीका खरिदका लागि ५५ हजार सहयोग गरेको छ ।

हालै बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख शंकर केसी, बुढीबजारका शाखा प्रमुख रामचन्द्र रानाभाट र अन्य कर्मचारीको उपस्थितिमा सो रकम संस्थाका अध्यक्ष मुरारी शर्मालाई हस्तान्तरण गरियो ।

Related News

सम्बन्धित समाचार

hero news full width