कावासोतीमा बस पल्टियो ११ जना घाइते

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७९
294399695_553551203169230_505836993868299150_n

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

डण्डाबाट नारायणगढ हिडेको ना ७ ख ५५६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकको बायातर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चितवनका ४१ बर्षीय मन्दिरा ढुंगाना, २२ बर्षीया ज्योति ढुंगाना, नवलपुरको देवचुली ३ निवासी ३१ बर्षीया झरना पराजुली, ४ बर्षीय बालक संयोज भट्टराई, चितवन भरतपुर महानगरपालिका २० का २० बर्षीया सविता कुमाल घाइते भएका छन् ।

त्यसैगरी नवलपुरको गैडाकोट १ निवासी २२ बर्षीया अस्मिता रानाभाट, ३ बर्षीया बालिका काब्या भण्डारी, कावासोती १६ का ४० बर्षीया मिरा केसी, ११ बर्षीया नविना केसी, कावासोती ८ का ८२ बर्षीया नारायणदत्त पौडेल र देवचुली १७ का ८० बर्षीया महिला प्रेमकुमारी पाण्डे घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको र बस चालक फरार रहेको नवलपुर प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width