पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टी भएको हो ।
उनको मंगलबार बिहान स्वाब संकलन गरिएकोमा साँझ आएको रिपोर्टमा पोजेटिभ पुष्टि भएको हो । मुख्यमन्त्री कार्यालय अनुसार उनलाई आइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श लिएका थिए ।
चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
hero news full width
मुख्य समाचार
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१