पोखरा । केदारेश्वर महादेव मणि सेवाश्रम समितिकोको आयोजनामा साउन सोमबारदेखि बोलबम जलयात्रा हुँदैछ । कोरोनाका कारण २ वर्षसम्म रोकिएको सो कार्यक्रम यस वर्ष साउनका पाँचै सोमबार भव्यताका साथ मनाइने आयोजकले जनाएको छ । पोखरामा १८ वर्ष अघि केदारेश्वरले बोलबम जलयात्रा सुरुआत गरेको हो ।
यस वर्ष साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । ती दिनमा पोखरा १, बगरको गाईघाटदेखि बैदामस्थित केदारेश्वरसम्म जलयात्रा हुने आयोजकले जनाएको छ । जलयात्रामा नौमती बाजा, भजन कृतन र झाँकी प्रस्तुत हुने बोलबम संयोजक शंकर खरालले जनाए । यस्तै मध्याह्मा षोडस उपचारसहित विशेष पूजा, विशिष्ट विद्वानद्वारा प्रवचन र सायंकालमा भव्य आरति हुने प्रचार संयोजक पार्वता पौडेलले बताइन् ।
कार्यक्रमका लागि आर्थिक संयोजक रामप्रसाद बस्ताकोटी, स्वयंसेवक परिचालन संयोजक लक्ष्मण गौतम, सरसफाइ संयोजक मूलथोक टोल विकास संस्था, सांस्कृतिक संयोजक भीमबहादुर बराल, मोटरसाइकल ¥याली संयोजक हेमराज पहारीलाई जिम्मेवारी तोकेको हो । धार्मिक जागरण ल्याउन चरणबद्ध रुपमा कार्यक्रम गरेर मनाइने मूल आयोजक समिति संयोजक खरालले बताए ।
सोमबार मन्दिरमा उपस्थित भक्तजनलाई प्रसाद वितरणको लागि विभिन्न संघसंस्था तथा व्यक्तिविशेषलाई जिम्मा दिइएको छ । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ हुने बोलबममा भक्तजनले गाइघाटबाट सेतीको जल उठाइ झाँकी र भजनकीर्तनसहित नगर परिक्रमा गरी मन्दिर पुग्ने छन् । यस दिन शिवलिंगमा जल चढाइ शिवको आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । कार्यक्रम प्रचारका लागि शनिबार भजनकीर्तनसहित प्रचार ¥याली गरियो ।
Related News
सम्बन्धित समाचार
बागलुङ कालिका मन्दिरको वार्षिक आम्दानी साढे २ करोड
गलेश्वरमा भक्तजनको भीड
पञ्चश्री महायज्ञ समापन
धार्मिक सहिष्णुता नेपाली समाजको सबल पक्ष : मुख्यमन्त्री पोखरेल
महायज्ञमा २ करोड १४ लाख संकलन
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९