कृष्णप्रसाद बास्तोला
पोखरा, २८ असार । श्रीपति कोइराला गुठी पोखराले यसैबर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । यसैगरी गुठीबाट संचालित श्रीपति समाजसेवा पुरस्कार–२०७९ सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमलाई प्रदान गरिने भएको छ ।
गुठीले ११५ औं श्रीपति जयन्ती अवसरमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । पुरस्कार घोषणा गर्दै गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने जानकारी दिए ।
श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र छ । समाज परिवर्तन, सामाजिक जागरण, समाजिक गतिविधि उजागर गर्ने पत्रकारलाई प्रदान गरिने प्रदेशस्तरीय यो पुरस्कार यसै वर्षदेखि सुरु गरिएको हो । श्रीपति समाजसेवा पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ र सम्मानपत्र रहेको छ । यसअघि उक्त पुरस्कारबाट अनुराधा कोइरालाद्वारा स्थापित माइती नेपाल र महावीर पुनबाट स्थापित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौं सम्मानित भैसकेका छन् ।
सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम लामो समयदेखि ज्येष्ठ नागरिक तथा अशक्त, असहाय एवं वेवारिसे नागरिकको सेवामा समर्पित छ । यस्तै, पत्रकार कृष्णप्रसाद बास्तोला ४२ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन् । विभिन्न सामाजिक संस्थामा पनि आवद्ध उनी स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष हुन् ।
श्रीपति कोइरालाको प्रतिमामा माल्र्यापण गरी सुरु ११५ औं श्रीपति जयन्ती कार्यक्रममा पुरस्कार छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षत्रीले श्रीपतिको योगदानको चर्चा गर्दै पुरस्कारको लागि छनोट भएका संस्था र व्यक्तिबारे संक्षिप्त जानकारी गराएका थिए ।
गुठी अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष फणीन्द्रराज कोइरालाले स्वागत तथा सचिव नव राज कोइरालाले सञ्चालन गरेका थिए । विस ं १९९० को आसपासमा विभिन्न स्थानमा पाटी पौवा स्थापना गरी सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएका श्रीपति कोइरालाको स्मृतिमा २०४९ सालमा स्थापित श्रीपति कोइराला गुठी पोखराले पुरस्कार तथा छात्रवृत्ति लगायत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
hero news full width
मुख्य समाचार
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
श्रावण २२, २०७९पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९