कर्णाली । राउटे युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ सुर्खेतका चौमनबहादुर घर्ती र भुपेन्द्र बुढामगरलाई सातरसात वर्ष जेल सजाय र जनही रु दुई लाख जरिवाना तोकेको हो ।
अदालतले यौनदुव्र्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना जेल सजाय र रु एक लाख जरिवाना तोकेको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सातरसात वर्ष जेल सजाय पाएका घर्तीमगर र बुढामगरले पीडित राहत कोषमा जनही रु आठ हजार र होटल सञ्चालक पुनले रु चार हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।
बोटेचौरको शुभकामना होटलमा विसं २०७८ जेठ २१ गते राति ९ः०० बजे राउटे युवतीमाथि यौनहिंसा गरेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने घर्ती, मिलन भनिने पुन र भूपेन्द्र बुढा मगरलाई जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । घर्ती तथा बुढा मगरले राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएपश्चात् उनीहरू पक्राउ परेका थिए ।
अदालतले असार १६ गते पुर्पक्षका लागि तीनैलाई जेल चलान गरेको थियो । उक्त समयमा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ सुर्खेत आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए ।
Related News
सम्बन्धित समाचार
लागुऔषधसहित ४ पक्राउ
नवलपुरमा आपराधिक घटना बढ्दो
यौनजन्य हिंसाका घटना बढ्दै
सामूहिक बलात्कार आराेपमा नुवाकाेटका कांग्रेस नेता कास्की प्रहरीकाे हिरासतमा, फरारकाे खाेजी जारी
आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९