पोखराका सुजनले जिते स्वर्ण

आदर्श समाज सम्वाददाता
असार २३, २०७९
Sujan

पोखरा । पोखराका सुजन सिल्पकारले विश्व फिटनेस महासंघ (डब्लुएफएफ) को उपाधि जितेका छन् । उनले अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न च्याम्पियनसिपमा अस्ट्रेलिया भरका बडीविल्डर्सहरुलाई पछि पार्दै ‘मेन्स पर्फमेन्स बडिविल्डिङ’ र ‘मेन्स स्पोर्टस् मोडेल हाइ क्लास’ विधामा स्वर्णपदक प्राप्त गरी डब्लुएफएफको उपाधि जितेका हुन् ।

उपाधिसँगै सुजनले विश्वका जुनसुकै देशमा आयोजना हुने शारीरिक सुगठनको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने प्रोकार्ड पाएका छन् । अस्ट्रेलियामा प्रोकार्ड पाएका सुजनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा नेपालको प्रतिनिधित्व गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

लामो समयदेखि अस्ट्रेलिया बस्दै आएको सुजनले करिब १६ वर्षको हुँदादेखि जिम सुरु गरेका थिए । उनले सन् २०१९ देखि २०२२ को अवधिमा अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना भएको आइसिएन वल्र्ड वाइड च्याम्पियनसिप, ताज्मानिया स्टेट च्याम्पियनसिप, आइएनबिए नेसनल ब्रिजवन, आइसिएन स्टेट र नेसनल, डब्लु नेसनल मिस्टर वसिनियामा ओभरल च्याम्पियनलगायत ५ प्रतियोगितामा १७ वटा स्वर्णपदक जितिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा, ३१ साउन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको…
  • पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । पोखरामा प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ हुने भएको छ । देविज स्नुकर क्लब आयोजनामा भदौ १२ देखि १९…
  • क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । सेन्ट्रल क्रिकेट एकेडेमीले ३ खेलको एकदिवसीय क्रिकेट श्रृंखला २–० सँगै जितेको छ । श्रृंखलाको अन्तिम खेल शनिबार पोखरा…
  • ‘स्वस्थ नागरिकका लागि खेलमैदान’

    धनबहादुर गुरुङ श्रावण २८, २०७९
    पोखरा । ‘खेलकुद मन्त्रालयको कामले स्वास्थ्य मन्त्रालयलाई घाटा हुन सक्छ किनभने मैले सुगरका बिरामी नहोलाजस्तो देखेको छु ।’ यो अभिव्यक्ति…
  • लोकतान्त्रिक खेलकुदको बधाई

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की जिल्ला शाखाले संघमा जनप्रतिनिधि तथा विभिन्न संघ संस्थामा निर्वाचित सदस्यलाई सम्मान तथा बधाई…

hero news full width