लमजुङ अस्पताल ९१ अंकसहित उत्कृष्ट

आदर्श समाज सम्वाददाता
असार २३, २०७९
hospital

लमजुङ । लमजुङ जिल्ला अस्पतालले प्रतिशतका आधारमा उत्कृष्ट ९१ अंक प्राप्त गरेको छ । न्युनतम सेवा मापदण्ड पुनरावलोकनमा अस्पतालले सो अंक पाउन सफल भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिको रोहबरमा न्यूनतम सेवा मापदण्ड पुनरावलोकनका क्रममा जिल्ला अस्पतालमध्ये प्राइमरी ए तहमा रहेको जिल्ला अस्पतालमध्ये लमजुङ जिल्ला अस्पतालमा रहेका उपकरण, जनशक्ति, संरचना लगायत पुनरावलोकनमा अस्पतालले ९१ प्रतिशत अंक ल्याएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनका अनुसार गण्डकी प्रदेश संक्रामक अस्पतालको कार्यकारी निर्देशक डा. विकास गौचन, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य निरीक्षक नवराज शर्मासहितको टोलीले अस्पतालको मापदण्ड पुनरावलोकन गरेको हो ।

टोलीले २ दिन लगाएर निर्धारित सूचकांकको आधारमा जिल्ला अस्पतालको उपकरण एवं व्यवस्थापन परीक्षण गरेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश तहमा रहेका विभिन्न जिल्ला अस्पतालले पाएको अंक भने सार्वजनिक गरिएको छैन ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले नियमितरुपमा मातहतका अस्पतालहरूमा सुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्रसम्बन्धी विभिन्न सूचकहरूको आधारमा सेवाको गुणस्तर मापन र मूल्यांकन साथै प्रस्तुतीकरण गर्दै आएको छ । विभिन्न ३ सय ५० सूचकहरूका आधारमा सेवाको गुणस्तर मापन साथै मूल्यांकन गर्ने गरिएकोमा मन्त्रालयले हाल नयाँ परिष्कृत मापदण्डअनुसार ७ सय ६९ सूचकका आधारमा मूल्यांकन गर्दै आएको श्रेष्ठको भनाइ छ ।

जिल्ला अस्पताल कम्तीमा मेडिकल जेनरलिस्ट वा मेडिकल अधिकृतको नेतृत्वमा रहनेछ । सामान्यतः जिल्ला अस्पतालमा १५ शैया, तर जनसंख्याको आधारमा ५० शैयासम्म हुनसक्ने छ । जिल्ला अस्पतालबाट सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्रीरोग तथा प्रसूति, बाल तथा शिशु सेवा दिनुपर्ने छ ।

विशिष्ट मापदण्डमार्फत सम्पूर्ण अस्पताल सेवालाई स्तरीय बनाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता गर्ने योजना मन्त्रालयले अघि सारेको जनाएको छ । सेवासम्बन्धी तोकिएको विशिष्ट मापदण्डमार्फत् प्रदेश मातहतका सम्पूर्ण अस्पताल सेवाहरूको प्रभावकारितामा वृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता गर्ने योजनाका साथ गण्डकी प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • तीजगीत प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । हेमजास्थित सफल उद्यमशील महिला समूह आयोजनामा तीजगीत प्रतियोगिता हुने भएको छ । भदौ १४ र १५ गते हुने…
  • बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    लमजुङ । बेंशिसहर–८ की १९ वर्षीया साधना श्रेष्ठको उपचारमा आर्थिक अभाव सिर्जिएको छ । राइनोरियाका कारण उनको उपचारमा धेरै रकम…
  • टान अध्यक्षमा नीलहरि बास्तोला

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा नीलहरि बास्तोला विजयी भएका छन् । टानको ४४ औं वार्षिक साधारणसभा…
  • ओटेफको स्थापना दिवसमा भोजन

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले पाँचौ स्थापना दिवस अवसरमा ज्येष्ठ नागरिक र बटुकलाई खाना खुवाएर मनाएको छ…
  • चिनीसहित पिकअप बरामद

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    नवलपुर । पश्चिम नवलपरासीमा प्रहरीले १५ क्विन्टल अवैध चिनीसहित लु१ज ४४०९ नम्बरको पिकअप गाडी बरामद गरेको छ । रामग्राम १८…

hero news full width