मादी गाउँपालिकामा अपांगता सञ्जाल

आदर्श समाज सम्वाददाता
असार २३, २०७९
Apangata Sanjal Gathan

लेखनाथ । कास्कीको मादी गाउँपालिकामा अपांगता सञ्जालन गठन गरिएको छ । नेत्रहीन संघ कास्कीको आयोजनामा लेखनाथमा सञ्चालित कार्यक्रममा झलक पोखरेलको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

सञ्जालको सहसंयोजक प्रेम गुरुङ, सचिव शंकर अधिकारी, सहसचिव ज्योति गुरुङ, कोषाध्यक्ष सुकु विक छन् । सदस्यहरु रामबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, नारायण सापकोटा, मीनकुमारी गुरुङ, मधुमाया गुरुङ र प्रमोद दाहाल चयन भए । बाँकी २ सदस्य पछि थप गरिनेछ ।

नवगठित सञ्जालका पदाधिकारी एवं सदस्यहरुलाई शुभकामना एवं बधाई ज्ञापन गर्दै नेत्रहीन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले अपांगता भएकाहरुको हक अधिकारको विषयमा स्थानीय सरकारसँग समन्वय गर्र्दै हातेमालो गर्न आफू तयार रहेको बताए ।

मादी गापा अध्यक्ष देवीजंग गुरुङले अपांगता भएका व्यक्तिहरुका लागि गाउँपालिका स्तरीय सञ्जालमार्फत क्षमता अभिवृद्धि एवं आर्यआर्जनमा सघाउ पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले गाउँपालिकाभित्र २ सय १३ जना अपांगता भएका व्यक्तिहरुको तथ्यांक रहेको र उनीहरुलाई सञ्जालमार्फत सेवा सुविधा प्रदान गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्मा, स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङ, पत्रकार भीमपाणि बराल लगायतले अपांगगता भएकाहरुका लागि राज्यले सहज रुपमा परिचयपत्र दिने व्यवस्था गर्न आग्रह गर्नुका साथै अपांगता हुनु भनेको कमजोरी र असक्षमताका रुपमा बुझ्न नहुने बताए ।

Related News

सम्बन्धित समाचार

  • ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    लमजुङ, १ भदौ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको तेस्रो अधिवेशनले नवराज पहाडीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।…
  • सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    पोखरा । गण्डकीका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले समाजमा भएका विकृति, विसंगति न्युनीकरणमा सामुदायिक सेवा केन्द्रले खेलेको…
  • लक्ष्य बढी मुद्दा फछ्र्यौट

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    वालिङ । स्याङ्जा जिल्ला अदालतले लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आर्थिक वर्ष २०७८/०७९ का लागि ७…
  • गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । २०७२ को विनासकारी गोरखा भूकम्पका कारण घर भत्किएका पीडितलाई राख्न सरकारले पालुङटारमा साढे १५ करोड लागतमा १ सय…
  • कालीगण्डकी दोहन रोक्न साझा पहल   

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    बलेवा ।  कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका…

hero news full width