सहकारीले बाँड्यो कृषि सामग्री

आदर्श समाज सम्वाददाता
असार २३, २०७९
Krisi Samagri Bitaran

लेखनाथ । सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था, बुढीबजारले सेयर सदस्यको आयआर्जनमा वृद्धि हुने गरी विभिन्न किसिमका कृषि सामग्री वितरण गरेको छ ।

कृषि ज्ञानकेन्द्रको पहल र संस्थाको आर्थिक लगानीमा १० वटा हातेटेक्टर, १५ थान डिजिटल तराजु, कम्पोस्ट बिन, मल्चिङ प्लास्टिक, भकारो सुधार, पोलिथिन पाइप र हजारी लगायत विभिन्न कृषि सामग्री १ सय २० जनालाई वितरण गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेलले कृषकलाई हरेक कृषिसम्बन्धी ज्ञान दिनु र सी सहित आयआर्जनमा जोडिने कार्यक्रम ल्याउनुपर्ने सुझाव राखेका थिए ।

कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम गौतमले उत्पादनलाई व्यावसायीकरण गर्दै आत्मनिर्भरका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जल्धारे सहकारीका अध्यक्ष श्रीकान्त ढुंगाना, पोखरा २६ का वडा सदस्य सुदीपराज ढुंगाना, सहकारीका सल्लाहकार मुरारी शर्मा, सल्लाहकार देवेन्द्र रानाभाट, कृषि सामग्री वितरण संयोजक सूर्यप्रकाश बञ्जरा लगायतले कार्यक्रमको उद्देश्य र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।

सहकारीका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरीप्रसाद अधिकारी र स्वागत मन्तव्य उपाध्यक्ष यदुनाथ बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ड्रागन फल्दा किसानमा हर्ष

    भवानी अधिकारी श्रावण २१, २०७९
    स्याङ्जा । कालीगण्डकी गाउँपालिकामा ड्रागन फ्रुटले फल दिन थालेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि सुरु गरेको नमुना ड्रागन फ्रुट…
  • पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

    आदर्श समाज सम्वाददाता श्रावण २०, २०७९
    पोखरा।  पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क…
  • घरको छतदेखि भाडाका जग्गामा ‘ड्रागन फ्रुट’

    धनबहादुर गुरुङ श्रावण ९, २०७९
    पोखरा । पछिल्लो समय पोषिलो फलफूलभित्र पर्ने ड्रागन फ्रुट पोखरेलीको घरका छतमा देखिन थालेका छन् । गर्मीमा राम्रोसँग फल्ने सिउँडी…
  • १५ कृषि समूहको सम्मान

    आदर्श समाज सम्वाददाता असार ३०, २०७९
    पोखरा । पोखरा महानगरले १५ वटा कृषि समूहलाई सम्मान गरेको छ । महानगरको कृषि महाशाखाले मंगलबार पोखरा २१ मा आयोजना…
  • व्यावसायिक खेतीतर्फ हेमजाका किसान

    आदर्श समाज सम्वाददाता असार २९, २०७९
    हेमजा । हेमजाकी राधिका कुँवरले यस वर्ष धनियाँ खेतीबाट राम्रै आम्दानी गरिन् । उनले वैशाख यता करिब १२ हजारको धनियाँ…

hero news full width