पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता हुने भएको छ । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीमा नेपालकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलनमा जनाइयो ।
साउन १२ देखि १४ सम्म पोखरा सभागृहमा स्रष्टा सम्मान तथा राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने प्रतिष्ठान अध्यक्ष क्या. पूर्णबहादुुर गुरुङ ‘ह्योल्मो’ ले बताए । उनका अनुसार विजेता जोडीले ६ लाख प्राप्त गर्नेछ । द्वितीयले ४ लाख, तृतीयले २ लाख र सान्त्वना जोडी १ लाखको हकदार बन्नेछ । उत्कृष्ट गायक र गायिकालाई जनही ५० हजार र अनुशासित एक समूहलाई ५० हजार प्रदान गरिने छ ।
कार्यक्रममा यस वर्ष स्व.योगन्द्रबहादुर बस्नेत (मरणोपरान्त) र कलाकार तथा संगीतकार नारायण रायमाझीलाई २५ हजारसहित सम्मान गरिने स्रष्टा सम्मान छनोट समितिका संयोजक खेम गुुरुङले बताए । प्रतियोगितामा देशभरबाट करिब प्रतियोगितामा ४० देखि ४५ समूहको सहभागिता रहने प्रतिष्ठान सचिव तथा कार्यक्रम संयोजक जीवन दाहालले बताए । उनका अनुसार एउटा टोलीमा एक पुरुष र एक महिला रहने छन् । प्रतियोगिता निर्णायक मण्डल संयोजक राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठान अध्यक्ष रमेश बिजी हुन् ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९