चलचित्र पत्रकार संघको स्थापना दिवस

आदर्श समाज सम्वाददाता
असार २३, २०७९
film

पोखरा । पोखरामा आजभन्दा झण्डै २ दशकअघि बिट पत्रकारिताको रुपमा उदाएको एउटा बिट हो–चलचित्र पत्रकारिता । २०६० असार २२ मा चलचित्र पत्रकार संघ नेपाल, कास्की गठन भएको हो । भलै, पोखरामा एउटा बिटमा मात्र केन्द्रित रहेर बाँच्ने अवस्था छैन ।

संघ कास्की शाखा गठन भएको दिनको सम्झना गर्दै बुधबार केक काटेर दिवस मनाइएको छ । शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०६० सालमा कास्की शाखा स्थापना पश्चात् आजको दिनसम्म आइपुग्दा संघले चलचित्र पत्रकारिता र सामाजिक क्रियाकलाप गर्दै आएको बताए । उनले पछिल्लो समय चलचित्र पत्रकारिताप्रति धेरैको लगाव बढ्दै गएको र यसमा संघ कास्कीले सकारात्मक खालको काम गरेको पनि बताए ।

संघ अध्यक्ष अरुण गिरीले दिवस मनाइरहँदा संघले गरेका कार्यक्रमको स्मरण गरे । उनले भोलिका दिनमा चलचित्र पत्रकारिताको विकास र प्रवद्र्धनमा संघ सदैव लागिपर्ने बताए ।

संघका निर्वतमान अध्यक्ष रेम विकले १९ वर्षमा आइपुग्दा अग्रजले देखाएको बाटो अनुरुप संघ यहाँसम्म आएको बताए ।

संघका सचिव प्रभु अधिकारीले संघले गरेका कार्यक्रम र संघले भोलिका दिनमा गर्न लागेको कार्यक्रमबारे स्मरण गराउँदै सबैको साथ सहयोग, सल्लाह, सुझाव अनुरुप नै संघ यहाँसम्म आएको बताए ।

कार्यक्रममा संघका संस्थापक सदस्य विभु भुसाल, पत्रकार दीपक के श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकी अध्यक्ष कमल सुवेदी, नाट्यकर्मी कपिल शर्मा, संघ कास्कीका केन्द्रीय प्रतिनिधि बोधराज रेग्मी लगायत संघका सदस्यले शुभकामना ब्यक्त गरेका थिए ।

संघ कास्कीमा हालसम्म सिग्देलपछि शिव शर्मा, रेम बिक र अरुण गिरीले नेतृत्व सम्हालिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • ‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री

    विजय नेपाल भाद्र २, २०७९
    पोखरा । सधैं मुस्काइरहने अग्ला कदका डब्बु क्षत्रीको गीतसंगीतमा उचाइ पनि चुलिंदो छ । आफ्नो थुप्रै विधागत परिचय भए पनि…
  • हरिदवीको ‘यो घरमा लच्छिन छैन’

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । महिलाहरुको महान् पर्व हरितालिका तीज आउन २ सातामात्र बाँकी छ । तीजेभाखाका गीतसंगीतले सहरबजारमा तीज नजिकिंएको आभाष दिलाउन…
  • फिल्म राम्रो बुझेको छु : केसी

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्…
  • मिस सुनार २०२२ को अडिसन साउन २१ मा

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पोखरा । मिस सुनार २०२२ को अडिसन साउन २१ गते हुने भएको छ । प्रतीक इभेन्टले आयोजना गर्ने उक्त प्रतियोगितामा…
  • नाटक ‘केस नम्बर ३११’

    आदर्श समाज सम्वाददाता असार २, २०७९
    पोखरा । पोखरा थिएटरको प्रस्तुतिमा तयार ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ । असार ३ देखि ११ सम्म…

hero news full width