पोखरा । नवनिर्मित पर्यटक बसपार्क पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार एक समारोहबीच विभागले समितिलाई बसपार्क हस्तान्तरण गरेको हो ।
कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटक बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कै पनि उत्साह थप्ने अपेक्षा प्रकट गरे । उपत्यका नगर विकास समिति र पोखरा महानगरले उक्त बसपार्कको उपयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । पोखरामा थप पर्यटकीय पूर्वाधार बन्ने र त्यसका लागि पोखरा महानगरपालिकासहित समग्र पर्यटनसम्बद्ध संस्थासँग मन्त्रालयले सहकार्य गर्ने विश्वास दिलाए । उनले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिए ।
पोखरा महानगरका प्रमुखसमेत रहेका पोखरा उपत्यका नगर विकास समतिका अध्यक्ष धनराज आचार्यले सुविधासम्पन्न बसपार्क निर्माण गरी हस्तान्तरण गरेकोमा हार्दिक आभार प्रकट गरे ।
बसपार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशीष÷सिएम÷मिसन जेभीका डाइरेक्टर सान्तकुमार श्रेष्ठका अनुसार पर्यटककी बसपार्कमा ४० वटा पर्यटकवाहक बस आवतजावत गर्न सक्नेछन् । १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कारसमेत राख्ने स्थल छ । बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट बस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबैतर्फ १ सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् ।
बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन निर्मित छ । डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइने छ । बसपार्कमा व्यवस्थित शौचालय, चमेनागृह लगायतका प्रयोजनका लागि भवन निर्माण भएको छ । पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९