पोखरा । हेमजाका कृषक एकबहादुर कार्कीका लागि असार (रोपाइँ) सकियो तर मनको चिन्ता अझै सकिएको छैन । रोपाइँ सकिएको हप्ता दिन बितिसक्दा पनि उनले मल हाल्न पाएका छैनन् । धानका लागि आवश्यक युरिया नपाउँदा हैरानी खेपेका हुन् । सरकारका कारण चैतदेखि नै मल नपाएको उनको गुनासो थियो । ‘मल नपाएको त चैतबाटै हो । अब सरकारले दिएको छैन । हामीले कस्लाई के भन्ने ?,’ उनले भने, ‘मल नहुँदा यो पटक धान उत्पादनमै कमी हुने हो कि भन्ने टेन्सन छ ।’
यस्तै पीडा छ, पोखरा १६, अर्मलाका प्रशान्त आचार्यलाई पनि । उनले मध्यअसारमै रोपाइँ सके । पहिले खेत हिल्याउन पानीकै समस्या हुन्थ्यो तर अहिले समयमै धान रोपेर सके पनि मल नपाउनुको पीडा भोगिरहेका छन् । ‘हुन त प्रांगारिक मल हाल्नुपर्ने हो तर सुरुमा धान हुर्काउन युरिया उत्तम हुन्छ,’ उनले भने, ‘हामीले बजारको मल सधैं प्रयोग गर्ने त होइन तर सुरु अलि–अलि हाल्दा राम्रो हुने भएकाले हाल्ने हो यो पटक त पाइएकै छैन ।’
धान लगाउने मध्यसिजनमा मल नहुँदा कृषकले हैरानी बेहोरेका छन् । सरकारले चाहे जति मल आपूर्ति नगरेका कारण कृषक मध्यसिजनमा मलबिना नै खेती लगाउन बाध्य भएका हुन् । यतिखेर जिल्लाको धेरै उत्पादन हुने क्षेत्रमा मलको अभाव हुँदा कृषक बिनामल खेती गर्न बाध्य भएका हुन् ।
धान लगाउने मध्यसिजनमा मल नहुँदा कृषकले हैरानी बेहोरेका छन्
जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले मल बिक्री गर्दै आएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको लिमिटेडका शाखा प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । ‘यो सिजनमा जिल्लाका लागि युरिया, डिएपी र पोटास गरेर १ हजार ५ सय ६० मेट्रिक टन मल आवश्यक पर्छ’, उनले भने, ‘मुस्किलले बफर स्टकमा रहेको ४२ मेट्रिक टन पाउने भएका छौं त्यही पनि डिपिए मल हो युरिया मल आउन अझै केही समय लाग्ला ।’ माग गरिए पनि मल उपलब्ध नभएपछि कृषक मलबिना खेती गर्न बाध्य भएका छन् । कृषि सामग्री कम्पनीले बफर स्टकमा भएको मल आएपछि केही दिनमा बाड्ने तयारी थालेको उनले जानकारी दिए ।
पुस माघदेखि नै कास्कीमा मल अभाव हुन थालेको कृषि सामाग्री कम्पनी लिमिटेड पोखराका सूचना अधिकारी गोपालजंग गुरुङले जानकारी दिए । ‘मल अभाव हुन थालेको पुस–माघतिरदेखि नै हो,’ उनले भने, ‘त्यही पनि मिलाएर बेचिरहेका थियौं, युरिया मल नबेचेको छ, बैशाखबाट नै हो ।’ बढी मात्रामा युरिया बिक्री हुने भएकाले यसको अभाव भएको उनको भनाइ थियो । युरिया डिएपी पोटास गरेर कास्कीलाई १ हजार ६ सय ६० मेट्रिक टन, तनहुँलाई २ हजार २ सय ७० मेट्रिक टन, पर्वत ५ सय ७४ मेट्रिक टन, स्याङ्जामा १ हजार ३ सय २५ टन र नवलपुरमा १ हजार ७ सय ६५ टन मल पु¥याउने वार्षिक लक्ष्य रहे पनि अहिले मल अभावले त्यो लक्ष्य हासिल हुन नसकेको उनले बताए । गत वर्ष भने मलको अभाव नभएको उनको भनाइ थियो ।
साउन १५ सम्म युरिया मल नेपाल भित्रिने गरी सम्झौता भएको लिमिटेडका शाखा प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । ‘हाम्रो प्रबन्ध सञ्चालक भारत गएर १५ हजार मेट्रिक टन युरियाका लागि सम्झौता गरेर आउनुभएको छ,’ उनले भने, ‘प्रबन्ध सञ्चालकका अनुसार साउन १५ सम्म मल नेपाल झरिसक्छ भन्ने हो ।’ बफर स्टकमा रहेको डिएपी मलमध्ये ३ सय मेट्रिक टन अबको एक हप्ताभित्र बाँड्ने सहमति भएको उनले जनकारी दिए । बफर स्टकमध्ये वीरगञ्ज भन्सारमा ७ सय मेट्रिक टन र भैरहवामा ६ सय मेट्रिक टन मल रहेको उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
hero news full width
मुख्य समाचार
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९