पोखरा । महिला उद्यमी संघ र हिमाली पवित्र आमा समूहको संयुक्त आयोजनामा सिताके च्याउ तथा कुरिलो व्यावसायिक खेती तालिम भएको छ । पोखरा वडा १७ को सहयोगमा ड्यामसाइडमा ३ दिनसम्म चलेको तालिममा १ सय जनाको सहभागिता थियो ।
वडाध्यक्ष राधिकाकुमारी शाहीले च्याउ तथा कुरिलो घरको सानो खाली स्थानमा उत्पादन गर्न सकिने हुँदा सहरमा बसेर पनि अर्गानिक, ताजा तरकारी खान पाइने बताइन् ।
महिला उद्यमी संघकी अध्यक्ष पार्वती पौडेलले तालिम प्राप्त गरेर मात्र उद्यम गर्दा उद्यमशीलताको विकास गर्न सकिने बताइन् । च्याउ तथा कुरिलो व्यवसायमा आउन चाहनेलाई तालिमले सहयोग पु¥याउने उनको भनाइ छ ।
उनका अनुसार तालिममा पोखरा १७ का आमा समूह, युवा क्लब, महिला क्लब, टोल विकास संस्थाका प्रतिनिधिको सहभागी थियो । सैद्धान्तिक र प्रयोगात्मक विधिबाट प्रदान गरिएको तालिम प्रभावकारी भएको सहभागीको प्रतिक्रिया थियो । उनीहरुलाई काठको मुढा, च्याउको बिउ, कुरिलो र कागतीको बेर्ना वितरण गरिएको थियो ।
तालिममा पोखरा महानगर कृषि महाशाखाका प्राविधिक सुरोज सिलुवाल र शिवसिंह धामीले प्रशिक्षण दिएका थिए । यस्तै, सिताके च्याउ व्यवसायी पदमबहादुर ढकालको च्याउ फर्म पनि अवलोकन गरिएको थियो । कार्यक्रम हिमाली पवित्र आमा समूह अध्यक्ष सावित्री अर्यालको अध्यक्षतामा भएको हो ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९