आँखा शिविरमा २१५ को परीक्षण

आदर्श समाज सम्वाददाता
असार २२, २०७९
eye sibir

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा र लायन्स क्लब अफ पोखरा भैरवको संयुक्त आयोजनामा रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध ज्येष्ठ नागरिक लक्षित मोतिबिन्दुको निशुल्क अप्रेसनसाथ आँखा शिविर भएको छ । हिमालय आँखा अस्पतालको सहयोगमा भएको शिविर रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्र रामबजारको सभाकक्षमा भएको हो ।

शिविरको पोखरा १० का वडाध्यक्ष राजेश गुरूङले ८७ वर्षीया योबहादुर गुरुङलाई जाँच कार्ड हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका हुन् । उनले रेडक्रस र लायन्स क्लब जस्तो पवित्र संस्थाले शिविर गरेकोमा धन्यवाद दिए ।

शिविरमा रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रका बयोवृद्धा र अन्य गरी २ सय १५ जनाको आँखा परीक्षण भएकोमा ६ जनामा मोतियाबिन्दु भै अप्रेसन गर्नुपर्ने भई हिमालय आँखा अस्पताल रेफर गरिएको रेडक्रस उपशाखा १० का सभापति सम्मरबहादुर श्रेष्ठले बताए ।

शिविरमा हिमालय आँखा अस्पतालका नेत्र सहायक डा. धर्मभन्दा घोडासैनी, नेत्र सहायक प्रतीक्षा बास्तोला, नेत्र सहायक आशीष शाहिन, नेत्र सहायक अञ्जली भुसाल र नेत्र सहायक अरुण रोकाय लगायत प्राविधिकले आँखा प्रशिक्षण गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा भैरवका संस्थापक अध्यक्ष एवं लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ‘के’ नेपालका असिस्टिएन चिफ एड्भाइजर सुरेन्द्रमान बिजुक्छे, रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रका कावा अध्यक्ष माया गुरुङ भुजेल, अस्पतालका नेत्र सहायक डा. धर्मेन्द्र घोडासैनी लगायत बोलेका थिए ।

शिविरमा नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा, लायन्स क्लब अफ पोखरा भैरव र ज्येष्ठ नागरिक मिलन केन्द्रका स्वयंसेवकले सहयोग गरेका थिए । शिविरमा लायन्स क्लब अफ पोखरा भैरवका प्रथम उपाध्यक्ष कृष्ण सुवेदीले स्वागत, रेडक्रस सोसाइटी पोखरा १० का उपसभापति जीवन श्रेष्ठले रेडक्रसका ७ सिद्धान्त वाचन गरेका थिए ।

शिविरमा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ‘के’ का डिपार्मेन्ट चिफ एवं ब्लड डोनेसन गण्डकी प्रदेशका चिफ श्रीकृष्ण कतिलाले सहयोगी सम्पूर्णलाई धन्यवाद दिए । रेडक्रस सोसाइटी पोखरा १० का सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपशाखा १० का सचिव सूर्यबहादुर बानियाँले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तीजगीत प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । हेमजास्थित सफल उद्यमशील महिला समूह आयोजनामा तीजगीत प्रतियोगिता हुने भएको छ । भदौ १४ र १५ गते हुने…
  • टान अध्यक्षमा नीलहरि बास्तोला

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा नीलहरि बास्तोला विजयी भएका छन् । टानको ४४ औं वार्षिक साधारणसभा…
  • ओटेफको स्थापना दिवसमा भोजन

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले पाँचौ स्थापना दिवस अवसरमा ज्येष्ठ नागरिक र बटुकलाई खाना खुवाएर मनाएको छ…
  • इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, लामाचौरले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार मनाएको छ । समारोह उद्घाटन गर्दै गण्डकी…
  • फुटपाथका सामग्री हटाउन माइकि

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । पोखरा महानगरपालिका २५ वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजा तथा लियो क्लब…

hero news full width