वेसीशहर । ‘हाम्रो एक गोल, महिला हिंसाविरुद्धको बोल’ नाराका साथ बेंसीसहरमा प्रथम खुला महिला फुटसल प्रतियोगिता–२०७९ सुरु भएको छ । लिग आधारमा खेलाइएको उक्त प्रतियोगितामा ८ टिमले भाग लिएका छन् ।
प्रतियोगिता फाइनलमा एक्स गोर्खा कास्की र मिनाम लांघाली लमजुङ फाइनल प्रवेश गरेका छन् ।
सेमिफाइनलमा एक्स गोर्खा कास्कीले बाघेता लमजुङ टिमलाई शून्यका विरुद्ध २ गोल गरी उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
अर्को सेमिफाइनल मिनाम लांघाली लमजुङ र एरिन काठमाडौंबीच भएको हो । खेलमा ४–१ गोलअन्तरले पराजित गर्दै मिनाम लांघाली फाइनलमा प्रवेश गरेको आयोजक फुटसल लमजुङका सञ्चालक इन्द्र रानाले बताए ।
प्रतियोगितामा लमजुङका अतिरिक्त तनहुँ, गोरखा, कास्की र काठमाडौंका ८ टिमले भाग लिएका हुन् ।
महिलालाई खेलप्रति आर्कषित गर्न, महिला खेलाडी उत्पादन गर्ने तथा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ पहिलो पटक जिल्लाकै ठूलो धनराशीको महिला खुल्ला फुटसल प्रतियोगिता आयोजना गरिएको हो । विजेतालाई ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । द्वितीय हुने टिमलाई २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरलाई जनही १ हजार ५ सय नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्ने कार्यक्रम छ । उत्कृष्ट प्रशिक्षकलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनायो ।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९