मदरल्यान्ड माविमा अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
असार २०, २०७९
motherland

पोखरा । मदरल्यान्ड माविमा शिक्षक अभिभावकबीच शनिबार अन्तक्र्रिया भएको छ । कक्षा नर्सरीदेखि एलकेजीसम्मका विद्यार्थीका अभिभावकको सहभागितामा भएको अन्तक्र्रियामा बालबालिकाको उज्ज्वल भविष्य कसरी निर्माण गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको थियो ।

विद्यालय प्रिन्सिपल नारायण बरालले बालबालिकालाई भविष्यमा राष्ट्रको योग्य नागरिक बनाउन शिक्षक, अभिभावक र विद्यालयको महत्वपूर्ण भूमिका हुने बताए । उनले विद्यालयले हरेक वर्ष शैक्षिक गुणस्तर कायम गर्दै विद्यार्थीको सर्वांगीण विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका एकेडेमिक डिन प्रेमनारायण पोखरेलले बालबालिकालाई असल नागरिक बनाउने तरिका बताए । उनले विद्यार्थी जान्ने भएर मात्र नहुने असल संस्कार भएमात्र सफल ठहरिने एक अनुसन्धानले जनाएको उल्लेख गरे । प्राइमरी लेभल इन्चार्ज गेसु शर्माले सञ्चालन गरेका थिए । कार्यक्रमपूर्व कक्षाकोठा तहअनुसार विद्यार्थीका अभिभावकलाई सम्बन्धित कक्षा शिक्षकले परामर्श दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना…
  • गल्फ लुब्रिकेन्टको डिलर मिट

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लि.ले हालै आफ्नो डिलर मिट सम्पन्न गरेको छ । २…
  • पोखरामा मनाइयो विश्व आदिवासी दिवस

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । २८ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मंगलबार नेपालसहित विश्वभर विविध कार्यक्रम मनाइएको छ । पर्यटकीय नगरी पोखरामा पनि…
  • प्रेस युनियन पदाधिकारीको सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पोखरामा सम्मान गरिएको छ । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको…
  • ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    हेमजा । नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण गापा १,२,३ उपशाखा ढिकुरपोखरीले रेडक्रस परिचयात्मक कार्यक्रम तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण गरेको छ ।…

hero news full width