ला ग्रान्डीेमा ७० युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असार २०, २०७९
La Grandy

पोखरा । पोखराको सिमलचौरस्थित ला ग्रान्डी इन्टरनेसनल कलेजको रक्तदानमा ७० युनिट रगत संकलन गरिएको छ । कलेजका विद्यार्थीहरुको संस्था आइडियाज फर ला ग्रान्डीको आयोजना र ला ग्रान्डी टेक टक तथा ला ग्रान्डी बिज सेन्टरको सहयोगमा रक्तदान भएको छ ।

कलेजका प्रिन्सिपल ई. किरण केसीले रक्तदान शुभारम्भ गरे ।
आइडियाज फर ला ग्रान्डीका सभापति जीवन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिपिएच आठौं सेमेस्टरका विद्यार्थी मौसमी गोदारले गरेकी थिइन् । कार्यक्रममा आइडियाज फर ला ग्रान्डीकी कार्यक्रम संयोजक सपना थापाले स्वागत गरेकी थिइन् ।

नेपाल रेडक्रस सोसाइटी, कास्की, रक्त संचार सेवाद्वारा प्राविधिक सहयोग रक्तदान गरिएको थियो । बिबिए कार्यक्रम संयोजक सुरज गौडेलले आयोजक विद्यार्थीलाई बधाई तथा संकायको तर्फबाट धन्यवाद दिए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width