पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी क्याम्पसको चौथो अधिवेशनले दानबहादुर बानियाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । सदस्यहरु नरनाथ भट्टराई, मोहनकुमार सुनार, दुर्गा केसी थापा, जगन्नाथ तिमिल्सिना, उषा बरुवाल, नवीन अधिकारी, वसन्त तिमिल्सिना, विष्णु नेपाली, विनोदराज अधिकारी, गणेशबहादुर थापा, मेहरमान थापा र बलबहादुर श्रेष्ठ छन् ।
यसअघि नवौं साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले स्वरोजगारमूलक शिक्षाले मात्रै शैक्षिक क्षेत्रमा आमूल परिवर्तन हुने बताए ।
गण्डकी प्रदेशका कानुन न्याय तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले जनस्तरबाट सञ्चालित विन्ध्यवासिनी क्याम्पसले यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुसी व्यक्त गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सिनेटरको तर्फबाट शालिग्राम भट्टराई, संघसंस्था शैक्षिक संस्थाको तर्फबाट कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धर, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले बोलेका थिए ।
कार्यक्रमबीच संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई र पूर्व क्याम्पस प्रमुख झना खड्का केसी, प्राध्यापक अक्षयकोषका संस्थापकहरु भोजबहादुर गुरुङ, दुर्गा केसी थापा, गणेशबहादुर थापा, शिवप्रसाद÷शुभद्रा तिमिल्सिना, रश्मी सिग्देललाई सम्मान गरिएको थियो ।
अधिवेशनबाट क्याम्पस प्रमुख विजय शर्मा र लेखापाल भीमबहादुर गायकले प्रस्तुत गरेको कार्य प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
गल्फ लुब्रिकेन्टको डिलर मिट
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
प्रेस युनियन पदाधिकारीको सम्मान
ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९