पोखरा । पोखरामा ल्यान्डफिल साइट कहाँ सार्ने भन्ने विवाद सुल्झिन सकेको छैन । पोखरा महानगरको आगामी आवको बजेटमा पोखरा ३३, टिमुरपाटामा ल्यान्डफिल साइट स्थानान्तरण गर्न पूर्वाधार विकासको निम्ति रकम विनियोजन गरिएको थियो । तर सो निर्णय सच्याउन भरतपोखरीवासी निरन्तर विरोधमा उत्रिएका छन् ।
गत शुक्रबार बसेको वडा भेलाले पूर्व सहमतिबिना महानगरले गरेको निर्णयप्रति आपत्ति जनाउँदै सच्याउन दबाब दिने निर्णय गरेका थिए । सोही बमोजिम वडा ३३ मा क्रियाशील विभिन्न दलहरुले पनि निर्णय नसच्याए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिने निर्णय गर्दै सरोकारवाला पक्षलाई ज्ञापनपत्र बुझाउने शनिबार निर्णय गरेका थिए ।
आइतबार दलहरुले पोखरा महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भनिएको छ, उक्त क्षेत्रमा फोहोर व्यवस्थापनको निम्ति वातावरणीय अध्ययन, पर्यटन व्यवसायमा पर्ने प्रभाव र स्थानीय जनसमुदायसँग छलफल या परामर्श नगरी हचुवाको भरमा जबर्जस्तीरुपमा महानगरपालिकाबाट प्रस्ताव र निर्णय भएको देखिएकोले वडा ३३ वासी र क्रियाशील दलको गम्भीर आपत्ति रहेको छ ।
साथै ज्ञापनपत्रमा उक्त निर्णय तत्काल सच्याउनका लागि महानगरपालिका कार्यालय र महानगर प्रमुख समक्ष जोडदार माग गर्दछौं भनिएको छ ।
ज्ञापनपत्रमा नेपाली कांग्रेसका वडा सभापति तिलकप्रसाद अधिकारी, नेकपा (एमाले) का दीपकराज लामिछाने, नेकपा (माओवादी केन्द्र) का श्रीभद्र बराल, नेकपा (एकीकृत
समाजवादी) का मनोहर शर्मा आचार्य, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष मीन परियार, राप्रपाका कृष्णराज अधिकारीसहितको संयुक्त हस्ताक्षर रहेको भरतपोखरी विकास समाजका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
हाल पोखरा १४, बाच्छेबुडुवामा सञ्चालित ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपूर्व हवाइ सुरक्षाका लागि सार्नुपर्ने हुन्छ ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
hero news full width
मुख्य समाचार
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
श्रावण २२, २०७९पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९