लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असार १९, २०७९
Lekhnath daud

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले रजत वर्षको अवसरमा शनिबार सदस्यबीच दौड प्रतियोगिता गरेको छ।

महिला तथा पुरुष व्यवसायीबीच दौडमा महिलातर्फ माछापुच्छ्रे गार्मेन्टका संचालक चोलीमाया थापा र पुरुषतर्फ स्मार्ट बहुउद्देश्यीय कृषि फर्मका संचालक राहुल थापाले प्रथम भए ।

विभिन्न व्यावसायिक प्रतिष्ठानका ९१ उद्योगी व्यवसायी प्रतिस्पर्धीमध्येबाट महिला व्यवसायीतर्फ सुष्मा सापकोटा द्वितीय, छाया बसौला तृतीय भए । सरस्वती बराल, इन्दु जिसी र एलिसा बरालले क्रमशः चौथो, पाँचौं र छैटौं स्थान प्राप्त गर्न सफल भएका छन् ।

पुरुषतर्फ महेन्द्र नेपाली द्वितीय, मदनकुमार थापा तृतीय, खिमनाथ शर्मा, अपिल सुवेदी र प्रकाश भूर्तेल क्रमशः चौथो, पाँचौ र छैटौ स्थान प्राप्त गर्न सफल भएका छन् ।

पूर्व अध्यक्षतर्फ सुमन भट्टराई प्रथम भए । विभिन्न दौड प्रतियोगिता च्याम्पियन सिद्धान्त अधिकारी, मनीषा अधिकारी, गोपबहादुर अधिकारी, हरि वरुवाल र गजबहादुर गुरुङ छन् । कार्यक्रम समापन संघका अध्यक्ष छत्रधर आत्रेयले कार्यक्रम समापन गरेका थिए । संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width