पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन् ।
पोखरा–३३ मा क्रियाशील राजनीतिक दलको शनिबार सर्वदलीय बैठकले समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न पोखरा महानगरपालिका–३३ टिमुरपाटामा प्रस्ताव गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ति र निर्माण प्रक्रिया सुरुआत गर्न १० करोड रुपैयाँ प्रस्ताव गरिएको भन्दै बैठकले उक्त कार्य रोक्न र निर्णय सच्याउन पोखरा–३३ वडा कार्यालयमार्फत महानगरपालिका र प्रमुख धनराज आचार्यसँग माग गर्ने सर्वसम्मत निर्णय गरेको छ । वडास्तरमा कुनै सल्लाह र छलफल नै नगरिएको भन्दै बैठकले आफूहरूको जायज माग सम्बोधन नगरिएमा क्रमबद्ध रुपमा जनस्तरबाट नै संघर्ष सुरु गरी उक्त कार्यलाई रोक्ने निर्णय गरेको छ ।
उक्त कार्यलाई रोक्न र अविलम्ब नगरसभाबाटै सच्याउन दलहरूका तर्फबाट संयुक्त ज्ञापनपत्र महानगरप्रमुखसमक्ष बुझाउने निर्णय गरिएको छ । निर्णयमा पोखरा–३३ का नेपाली कांग्रेसका सभापति तिलकप्रसाद अधिकारी, नेकपा एमालेका अध्यक्ष दीपकराज लामिछाने, नेकपा (माओवादी केन्द्र) का यज्ञप्रसाद अधिकारी (साना), नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, जनता समाजवादी पार्टीका किरण थापा लगायतले हस्ताक्षर गरेका छन् ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि पोखरा–१४ मा संचालित ल्यान्डफिल साइट स्थानान्तरण गर्नुपर्ने हुन्छ । बाच्छेबुडुवास्थित ल्यान्डफिल साइट ३३ नम्बर वडाको भरतपोखरीमा सार्ने निर्णय महानगरले गरेको हो । विमानस्थल आयोजनाले ४ वर्षअघि नै स्थानान्तरण गर्न पत्र पठाए पनि अघिल्लो जनप्रतिनिधिको अन्तिम कार्यपालिका बैठकले ल्यान्डफिल साइट सार्ने निर्णय गरेको हो । यसअघि पोखरा २०, भलाममा सार्ने निर्णय भएकोमा स्थानीयले विरोध गरेपछि महानगर निर्णयबाट पछि हटेको थियो ।
अहिले निर्णय भएको ठाउँका स्थानीयले पनि विरोध जनाएका छन् । शुक्रबार गाउँले भेला भएर कुनै हालतमा भरतपोखरीमा ल्यान्डफिल सार्न नदिने निर्णय गरेका थिए ।
महानगरका नवनिर्वाचित प्रमुख धनराज आचार्यले पनि पहिलो बैठकबाटै भरतपोखरीमा ल्यान्डफिल सार्ने र आवश्यक पूर्वाधारका लागि बजेट छुट्याउने निर्णय गरेका थिए । पोखरा ३३, टिमुरपाटामा जग्गा प्राप्त गरी सेनेटरी ल्यान्डफिल साइट निर्माण गर्ने महानगरको निर्णय छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट र नीति तथा कार्यक्रममै उक्त परियोजना समावेश गरिएको छ । महानगरले फोहोरलाई श्रोतमै वर्गीकरण गरी व्यवस्थापनका लागि महिला स्वंसेवक परिचालन गर्ने बताएको छ । विस्तृत अध्ययनदेखि जग्गा प्राप्ति र आवश्यक पूर्वाधार निर्माणका लागि महानगरले आगामी वर्ष खर्च हुने गरी १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
hero news full width
मुख्य समाचार
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
श्रावण २२, २०७९पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९