पोखरा, १८ असार । भलिबल खेलाडी अरुणा शाही र टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार आयोजना गरेको छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ मा उनीहरु उत्कृष्ट ३ मनोनयन सूचीमा क्रमशः महिला र पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले उपाधिसहित स्कुटर, अवार्ड, सम्मानपत्र प्राप्त गरे । नेपालको महिला भलिबल टिम कप्तानसमेत रहेकी अरुण दोस्रो संस्करणकी पनि वर्ष खेलाडी हुन् । प्रदीप पाँचौ संस्करणमा समेत उदीयमान खेलाडी विधामा मनोनीत थिए ।
खेल, खेलाडी, खेल संस्था एवं पत्रकारको समग्र सम्मानको निम्ति मञ्चले निरन्तर आयोजना गर्दै आएको स्पोर्टस् अवार्डमा यसपालि टेनिसले उपाधिमा वर्चश्व जमाएको छ । उदीयमान खेलाडी विधामा टेनिसकै दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा नीरज थापा घोषित भएका छन् । दर्शिल र निरजले अवार्डसहित ३५ हजार रुपैयाँ हात पारेका छन् । उदीयमान र प्रशिक्षक विधामा पनि उत्कृष्ट ३ मनोनयनको सूची यसअघि नै सार्वजनिक भएकोमा छनोट समितिले तीमध्ये १ जनालाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । वर्ष खेलाडी महिलामा क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाल मनोनीत थिए । पुरुषतर्फ करातेका बुद्ध लामा र ब्याण्डमिन्टका विधान अधिकारी मनोनयनमा थिए । उदीयमानमा दर्शिलसहित बक्सिङका साहिल लिम्बु र क्रिकेटकी सृष्टि जैसी तथा प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु र तेक्वान्दो/फेन्सिङकी रेकमाया गुरुङ सूचीमा थिए ।
वर्ष उत्कृष्ट खेल संघ अवार्डबाट यसपालि गण्डकी प्रदेश तेक्वान्दो संघ सम्मानित भएको छ । वर्ष उत्कृष्ट खेल पत्रकारमा कान्तिपुरका दीपक परियार सम्मानित भए । उनीहरुले पनि अवार्डसहित ३५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी, लाइफ टाइम अभिचमेन्ट अवार्डबाट बक्सिङका पूर्व खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, प्रदेशससभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सांसद मीना गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङ लगायतले उनीहरुलाई अवार्ड हस्तान्तरण गरेको मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०