पोखरा । नेपाली कांगे्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पोखराको हेमजामा गएको बाढीपहिरोको अवलोकन गरेका छन् । उनले अति समस्यामा परेका ४ परिवारलाई तत्काल राहत व्यवस्थापन गर्न स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गर्नुका साथै जिल्ला प्रशासन कार्यालयलाई पीडित परिवारको दुखमा मल्हम लगाउन आवश्यक सहयोग गर्नको लागि आग्रह गरे ।
गत साता भारी वर्षाले सुइँखेतबाट आएको बाढीपहिरोमा ४ परिवार घरबारविहीन भएको र करिब १ सय ५० भन्दा बढी घरधुरी डुबानमा परेका थिए । उनले तत्काल समस्या र दीर्घकालीन समस्या समाधानको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।
पोखरा २५ का वडाध्यक्ष मोति तिम्सिनाले पहिरोबाट पीडित परिवारलाई तत्काल सामान्य राहत व्यवस्था गरे पनि भर्खरै बनाउँदै गरेका घर र भर्खरै निर्माण सम्पन्न गरेका घर नै नरहँदा आर्थिक तथा अन्य समस्याले पीडित परिवार झनै पीडित बनाएको बताए ।
अवलोकनमा कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), सञ्चार विभाग सचिव राजबहादुर गुरुङ, प्रदेश सदस्य शिरोमणि बराल, प्रदेश प्रतिनिधि किरणराज तिवारी, सामाजिक सञ्जाल तथा सूचना प्रविधि संयोजक इ. पारस रेग्मी, कांग्रेस वडा २५ का पार्टी सभापति मधुसुदन त्रिपाठी र टे«ड युनियन कांग्रेस कास्की उपाध्यक्ष पदम श्रेष्ठ लगायत उपस्थित थिए ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
बजार क्षेत्र पहिरोको उच्च जोखिममा
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९