पोखरा । पर्यटकीयस्थल घान्द्रुक जाने सडकखण्डको जोखिमयुक्त घुम्तीमा लामा फाउण्डेशन घान्द्रुकले कन्भेक्स मिरर राखेको छ । अन्नपूर्ण गाउँपालिका १० र ११ घान्द्रुकस्थितका विभिन्न १० घुम्तीमा १ लाख बराबरको कन्भेक्स मिरर जडान गरेको हो ।
सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्य सहित कन्भेक्स मिरर राखेको फाउन्डेसनका संस्थापक अमृत लामा गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण ८, वीरेठाँटी, लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुल घुम्ती, सिँवै र हुँदु लगायतका घुम्तीमा कन्भेक्स मिरर जडान गरिएको हो ।
घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउँदै यात्रा सुरक्षित गराउने उद्देश्यसहित ऐना जडान गरिएकोे बताए । ‘अहिले सडक पिच भएको छ । गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्युनीकरण गर्ने उद्देश्यसहित जडान गरेको हो, उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका आफन्तजन साथीभाइको आर्थिक सहयोग गर्नुभएको छ ।’
कन्भेक्स मिररले विपरीत दिशाको बाटो अवस्था देख्न सघाउ पु¥याउँछ । कन्भेक्स मिरर जडान गरेपछि चालक पनि हर्षित छन् । स्थानीय चालक विजय घमालले जोखिमयुक्त सडकको घुम्तीमा ऐना जडान गरेपछि दुर्घटना न्युनीकरण हुने धारणा राखे । उनले ऐना जडान हुनुभन्दा पहिले घुम्तीमा सवारी हर्नको प्रयोग अत्यधिक हुने गरेको बताउँदै अब हर्नको प्रयोग गर्न नपर्ने सुनाए । ‘कसैले त हर्न पनि बजाउँदैनन्, उनले भने, ‘ऐना राखेपछि उताबाट के आएको छ प्रष्ट देखिन्छ । त्यसैले दुर्घटना हुने सम्भावना कम छ । र हामीलाई गाडी चलाउन पनि सजिलो भएको छ ।’
उनले फाउन्डेसन संस्थापक लामालाई धन्यवाद समेत व्यक्त गर्दै विगतमा कलाभिरमा समेत रेलिङ निर्माण गरिदिएको स्मरण गरे ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको फाउन्डेसनले यसअघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो । उक्त भीरमा गत वर्षको असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
Related News
सम्बन्धित समाचार
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
कालीगण्डकी दोहन रोक्न साझा पहल
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९