पोखरा स्पोर्टस् अवार्ड आज

आदर्श समाज सम्वाददाता
असार १८, २०७९
nsjf`

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ हुँदैछ । समारोहमा मञ्चले विभिन्न ७ विधामा अवार्ड प्रदान गर्दैछ । वर्ष २०७८ को खेल आधारमा मनोनयनमा परेका ३ मध्ये १ जनाले अवार्ड प्राप्त गर्ने मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

मञ्चले लाइफटाइम अभिचमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष/महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट संघ र खेल पत्रकारलाई अवार्ड प्रदान गर्दैछ । गण्डकी प्रदेशमा खेल, खेलाडी र पत्रकारको समग्र हितको लागि मञ्चले यसअघि पाँच संस्करण पूरा गरिसकेको छ । पोखरा सभागृहमा दिउँसो ३ बजे सुरु हुने समारोहका प्रमुख अतिथि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हुन् ।

वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याण्डमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) मनोनयनमा छन् । प्रदीप अघिल्लो संस्करणमा पनि नोमिनेसनमा छन् । यस्तै, वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिबल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन् ।

उदियमानतर्फ दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैसी (क्रिकेट) र साहिल लिम्बु (बक्सिङ) तथा उत्कृष्ट प्रशिक्षक विधामा रिजन प्रजू (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र नीरज थापा (टेनिस) परेका छन् । वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् भने उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र पत्रकारले जनही ३५ हजार साथमा अवार्ड प्राप्त गर्ने प्रचार संयोजक एवं मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिए । समारोहमा विविध सांस्कृतिक कार्यक्रमसमेत हुने मञ्चले जनाएको छ ।

वर्ष खेलाडी (महिला) तर्फ मनोनीत भलिबलकी अरुणा शाही, क्रिकेटकी मनीषा उपाध्याय र क्युकोसिन कान करातेकी सरगम कुमालमध्ये कस्ले अवार्ड जित्ला भन्ने चर्चा व्यापक छ ।

अरुणा शाहीले भलिबलमार्फत नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म पहिचान गराउन सफल भएकी छन् । नेपालको महिला भलिबल टिम सम्हालेकी उनै अरुणाको कप्तानीमा गत वर्ष नेपालले बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भयो । देशको गौरव बढाउने गरी यी र यस्तै सफलता हासिल गर्दै आएकी अरुणाको जन्म गण्डकी प्रदेशको म्याग्दी जिल्लामा भएको हो ।

बाबु कुविर शाही र आमा कर्णकुमारी शाहीकी छोरी अरुणाको जन्म २०५१ सालमा भएको हो । विद्यालय शिक्षा पोखराकै ज्ञानुबाबा आवासीय माविबाट हासिल गरेकी उनी नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा आयोजना गरेको दोस्रो पोखरा स्पोर्टस् अवार्डमा वर्षमहिलाको उपाधिबाट पनि सम्मान भएकी थिइन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ७ विधामा अवार्ड दिने

२०६४ सालदेखि भलिबल खेल्न थालेकी उनले सुरुआतमा अन्तरविद्यालय जिल्लास्तरको टुर्नामेन्टमा भाग लिएको स्मरण गर्छिन् । सन् २०१४ मा नेपालमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यससँगै उनले भारतसँगको मैत्रीपूर्ण खेल, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप लगायतमा सफलता हासिल गरिन् ।

सातौं तथा आठौं राष्ट्रिय खेलकुद, १३ औं सागलगायतका राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर नतिजा दिएकी छन् । सातौं राष्ट्रिय खेलकुदमा कास्य, आठौंमा चौंथो स्थान हासिल गरेकोमा १३ औं सागमा उनको टिमले रजत जितेको थियो । सन् २०२१ मा सेन्ट्रल जोनमा स्वर्ण जित्दा उनी बेस्ट सेटर घोषित भएकी थिइन् । त्यस्तै एनभिए च्याम्पियनसि–२०७८ मा पनि बेस्ट सेटर घोषित भएकी थिइन् ।नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर प्लेयर अफ द इयर २०७७ मा दर्शक च्याइसको उनले उपाधि थिइन् ।

मनिषा उपाध्याय, गण्डकी प्रदेश महिला क्रिकेट यु–१९ टिमकी कप्तान हुन । उनी खेलकुदमा लागेको धेरै समय भएको छैन । क्रिकेटमा आफ्नो भविष्य खोजिरहेकी १६ वर्षीया उपाध्याय क्रिकेट खेल्न लागेको ५ वर्षमात्रै पुगेको छ । बझाङ १० दामोदर जन्मिएकी उनको घर धनगढी ७ महानेहरामा हो । तर, उनको बसाइँ पोखरा हो । कक्षा १२ अध्ययन गर्दै गरेकी उनले ८ कक्षा पढ्दादेखी खेल्न सुरु गरेकी हुन् । आफ्नो क्रिकेट जीवनको यात्रा उनले कास्कीबाट नै डेब्यु गरेकी हुन् । क्रिकेट सिकेको ५ वर्षमा नै उनले गण्डकी प्रदेश यु–१९ को कप्तानी मात्रै गरिनन् उनी नेपाली महिला राष्ट्रिय टोली सदस्य समेत हुन् पुगिन् ।

सानै उमेरमा ठूलो उपलब्धि हासिल गरेकी उनी खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्न लागेको पोखरा स्पोट्र्स अवार्ड वर्ष उत्कृट महिला खेलाडीको मनोनयनमा परेकी छिन् । वर्ष उत्कृष्ट महिला खेलाडी मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको उनको प्रतिक्रिया रहेको छ । उनी ५ वर्षदेखि निरन्तर कास्की र गण्डकीकै प्रतिनिधित्व गरिरहेको बताउँछिन् ।

उनको कप्तानीमा रहेको गण्डकीको यु–१९ टिमले २०७८ सालमा प्रदेशस्तरीय यु–१९ प्रतियोगितामा उपाधि उचालेको थियो । यतिमात्र होइन, उनको खेल कौशलकै कारण हालैमात्र यु–१९ एशिया क्वालिफाई खेल खेलेर आएकी हुन् । सोही खेलको प्रदर्शनले उनलाई नेपाली सिनियर राष्ट्रिय महिला टोलीमा प्रवेश गराएको थियो तर स्वास्थ्यमा समस्या आएपछि अहिले उनी उपचारत रहेकी छिन् । उनले प्रदेशको प्रतिनिधित्व गर्दै ३ पिएम कप, राष्ट्रिय यु–१९, यु–१९ एशिया कप लगायत प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । अहिले भने एपेन्डिक्सका कारण उपचारमा छिन् ।

सरगम कुमाल मात्र १७ वर्षकी भइन् । पोखरा रिठ्ठेपानीकी उनले छोटो समयमै उत्कृष्ट सफलता हासिल गरेकी छन् । लिटल प्mलावर्स एजुकेश्नल एकेडेमीबाट एसइई पूरा गरेकी उनी हाल जुनियर सिटिजन्स एकेडेमीमा कक्षा १२ मा साइन्स पढ्छिन् ।

सरगमले १२ वर्षको छँदा कराते प्रतियोगितामा डेब्यु गरेकी हुन् । २०७३ सालमा पश्चिमाञ्चल क्षेत्रीय पुरुष÷महिला फुल कन्ट्याक्ट कराते च्यापियनसीपमा उनले महिलातर्फ ३० केजी तौल समूहमा दोस्रो स्थान हासिल गरिन् । यो सफलतासँगै उनले लगातार अन्य प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै गइन् । र, मेडल पनि हात पारिन् ।

उनी अघिल्ला वर्ष भएको २१ औं राष्ट्रिय माछापुच्छ्रे फुल कन्ट्याक्ट कराते तथा तेस्रो क्युकोशिन कान कराते प्रतियोगिता–२०७८ मा प्रथम हुन सफल भएकी थिइन् । सन् २०२१ मा भएको तेस्रो अल नेपाल क्युकोशिन कान करातेमा प्रथम हुँदा उनी बेस्ट फाइटर समेत घोषित भइन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४५ केजी तौल समूहमा रजत जितेको क्षणलाई उनी सबैभन्दा ठूलो उपलब्धि ठान्छिन् ।

करियर सुरुआतमा उनले १७ औं राष्ट्रिय माछापुच्छे« फुल कन्ट्याक्ट कराते तथा छैटौं क्योकुशिन बुदो काई करातेमा प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् । उनले त्यसबेला ४० केजी तौल समूहमा सो सफलता हासिल गरेकी हुन् ।

यस्तै, २०७५ सालको १८ औं माछापुच्छे फुल कन्ट्याक्ट कराते तथा सातौं क्युकोशिन बुदो काइ करातेमा पनि प्रथम नै भइन् । सोही वर्ष सम्पन्न छैटौं कास्की जिल्लास्तरीय करातेमा ४५ केजी तौल समूहमा दोस्रो, सन् २०१८को अल नेपाल क्युकोशिन कान करातेमा प्रथम भइन् । १९ औं माछापुच्छ्रे गण्डकी प्रदेश फुल कन्ट्याक्ट कराते तथा प्रथम क्युकोशिन कान करातेमा ४० केजी तौल समूहमा प्रथम, लालबन्दीमा भएको अर्को प्रतियोगितामा पनि प्रथम नै हुन सफल सरगम सन् २०१९ को राष्ट्रियस्तरको फुल कन्ट्याक्ट करातेमा ४५ केजी तौल समूहमा तेस्रो बनेकी थिइन् । सरगमको जीवनको लक्ष्य भने आर्मी बन्ने हो ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width